८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

निजी खर्चमा ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान

प्रमुख जिल्ला अधिकारी लामिछानेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे पन्त । तस्बिर/निर्मल

बर्दिया- कोभिड-१९ संक्रमण नियन्त्रणका लागि मुख्य अस्त्र मास्क स्यानिटाइजर, ग्लोब्स पिपिई र थर्मल गन बजारमा पाउन मुश्किल छ । माग बढी आपूर्ती कम भईरहेको बेला स्वास्थ्य सामाग्री सरकारसँग अपुग छ । जिल्लामा स्वास्थ्य सामाग्रीको अभावबीच कोभिड-१९ संक्रमण नियन्त्रणका लागि सीमा नाका, क्वारेन्टाइन र चेकजाँच गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारको निर्देशनमा फिल्डमा परिचालित छन् ।

बजारमा स्वास्थ्य सामाग्रीको अभावको बाबजुद जिल्लालाई सुरक्षा सामाग्री मजबुद बनाउन अघि बढिरहेका मधुवन नगरपालिकाका ४४ वर्षिय सुरेश पन्त योगदान अतुलनिय साबित भएको छ । यस्तो अवस्थामा  सरकारलाई सघाउन पन्त जस्ता युवा उद्यमी लागि पर्नु सुखद खबर भएको जिल्लाबासीको बुझाई छ । उनी काठमाडौमा बसेपनि जिल्लाबासीलाई लाखौं रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएर कोभिड १९ नियन्त्रणका लागि सरकारलाई नै सघाउने एक्ला अभियन्ताका रुपमा जिल्ला भरिमा उनी देखिएका छन् ।

घरको जिम्मेवारी त्यागेर जिल्लाका एक युवा उद्यमीले निजी लगानीमा स्वास्थ्य सामाग्री बिपद व्यवस्थापन समिति र स्थानीयत तहसम्म पुर्‍याउने सोचलाई यथार्थमा बदल्न सकस थियो होला । अथक प्रयास र अदम्य साहस बोकेका पन्तकै कारण स्वास्थ्य सामाग्री बिपद व्यबसपन समिति र स्थानीय तहले पाए । पन्तले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले कोभिड १९ नियन्त्रणका खटिन सम्भव भएको स्वयम सरकारका प्रतिनिधिले स्वीकार्छन ।

सरकारले लकडाउन सुरु गरे यता स्वास्थ्य सामाग्री बोकेर उद्यमी पन्त तीन पटकसम्म जिल्ला आई पुगे । बिपद व्यवस्थापन समिति र स्थानीय तहलाई ५० लाख बराबरको स्वास्थ्य सामाग्री निजी लगानीमा उपलब्ध गराएका उनको जिल्लाबासी माझ लोकप्रियाता बढ्दो छ । सधै जिल्लामा देखिरहने पन्तको अदम्य साहस, हिम्मत र समाजसेवी भावनाका देखेर सबै दंग छन् । पन्तजिको समाजसेवी भावना अतुलनिय रहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । ‘बिपद व्यवस्थापन समितिलाई तीन पटकसम्म ठूलो परिमाणमा सुरक्षा सामाग्री सहयोग गरिसक्नु भएको छ’उनले भने,‘सिमित स्रोत र साधनबीच फिल्डमा खटिने सुरक्षाकर्मी र स्थास्थ्यकर्मीलाई परिचालन गर्न सहज भएको छ ।’उनका अनुसार बिपद व्यवस्थापन समति निःशुल्क स्वास्थ्य सामाग्री असमान्य छ ।

समाज सेवा तल्लिन रहने वाहवाही कमाउने सपना देख्ने गर्छन । तर आफूले देखेको सपनापछि कुद्ने र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल हुने मध्यमा पर्छन पन्त । यतिखेर मधुवन नगरपालिका पन्त समाजसेवीका रुपमा जिल्लामा स्थापित हुन सफल भएका छन् ।

असम्भव कुरालाई पूरा गर्न अठोटसहित अघि बढे सम्भव बनाउन सकिने प्रेरणा मिलेको ५ नम्बर प्रदेशका सभा सदस्य दिपेश थारुले बताए ।‘ संकटको बेला समाज सेवा गर्न सके ,धेरै काम गर्न पर्देन । सानो कामको नमुना देखाउँन सके सबैलाई त्यो काम प्रेरणा बन्न सक्छ,’उनले भने । देश बिषम परिस्थितीमा गुज्रिरहेको बेला गास कटाएर स्वास्थ्य सामाग्री उपलब्ध गराएर बिश्वर भर फैलिएका कोभिड १९ नियन्त्रणमा खटिनु सह्रानिय भएको उनले बताए ।

देश संकटमा अघि बढिरहेको वेला स्वास्थ्य अपरिहार्य भएको ठाकुरबाबाका उप नगर प्रमुख कृष्ण कुश्मा थारुले बताइन् । ‘समाजसेवा ओतप्रोत भएर कठिन परिस्थितिमा स्वास्थ्य सामाग्री दिनु ठूलो कुरा हो,’उनले भनिन ,‘सरकारको मुख मात्र नताकेर सरकारको पनि सहयोगी भूमिका निभाउनु जो काहिले गर्दा पनि हुन्छ।’ पन्तजिको भूमिकाको उनले खुलेर प्रशंशा गरिन् ।

 

प्रकाशित: १३ वैशाख २०७७ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App