७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा। फाइल तस्बिर

काठमाडौं – भक्तपुरको मनहरा फाँटमा रहेको पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको  घरमा बम विष्फोट भएको छ। बम विष्फोटका कारण  झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको छ। वरीपरीका घरमा क्षती पुगेको छ। साथै भुइँ तल्लामा क्षति पुगेको छ।

घटनास्थल पुगेको प्रहरीले  प्रेसर कुकर बम विष्फोट गराइएको जनाएको छ। थप अनुसन्धानका लागि  नेपाली सेनाको टोली घटनास्थलमा  पुगेको छ।

मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घर नजिकै बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको महानगरीय प्रहरी प्रभाग बालकोटका सइ अमर बहादुर साहिले बताए। बिस्फोट गराउनेबारे अनुसन्धान भैरहेको र बास्कोटाको घरलाई नै टार्गेट गरेर बम राखेको  प्रहरीले जनाएकाे छ।

सेक्युरिटी प्रिन्टर खरिदमा विवादमा परेपछि बाँस्कोटाले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए।

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App