१६ चैत्र २०८० शुक्रबार
मुख्य समाचार

कांग्रेसका १३ मन्त्रीकाे सपथ शुक्रबार, कसले पाए कुन जिम्मेवारी ?

काठमाडौं—नेपाली कांग्रेसबाट थप हुने मन्त्रीको सपथ ग्रहण भोलि शुक्रबार बिहान हुने भएको छ। प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयसँग सम्पर्क गरी शपथका लागि शुक्रबार बिहान ९ बजेको समय मागेको छ। स्रोतका अनुसार राष्ट्रपति कार्यालयले साेही समयका लागि ९ बजेको तयारी गरेको छ। कांग्रेका १३ नेताले शुक्रबार बिहान मन्त्री पदकाे सपथ लिने छन्।

कसले पाए कुन जिम्मेवारी ?

  • सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण
  • प्रकाशशरण महत –परराष्ट्र
  • अर्जुननरसिंह केसी –सहरी विकास
  • बालकृष्ण खाँड –रक्षा
  • सुर्यमान गुरुङ –श्रम
  • जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन
  • गगन थापा –स्वास्थ्य
  • केशवकुमार बुढाथोकी –सामान्य प्रशासन
  • दीपक गिरि –सिँचाई
  • रोमी गौचन थकाली –वाणिज्य
  • नविन्द्रराज जोशी –उद्योग
  • हृदयराम थानी –सहकारी तथा गरिवी निवारण
  • शंकर भण्डारी –वन

यसअघि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि उपप्रधान तथा गृह मन्त्री र रमेश लेखक भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भइसकेका छन्।

 

प्रकाशित: ९ भाद्र २०७३ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App