९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्रीनल्यान्डमाथि ट्रम्पको धम्कीपछि डेनमार्कलाई यी युरोपेली देशहरूको समर्थन

ग्रीनल्यान्डमाथि अमेरिकाले पुनः नियन्त्रण गर्नुपर्ने माग गरेपछि छ वटा युरोपेली सहयोगी देशहरू डेनमार्कको समर्थनमा एकजुट भएका छन्।

बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ग्रीनल्यान्ड त्यहाँका जनताकै हो, र डेनमार्क तथा ग्रीनल्यान्डले आफ्ना आपसी सम्बन्धसँग जोडिएका विषयमा निर्णय गर्ने अधिकार राख्छन्।’

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा कारणले अमेरिकालाई ग्रीनल्यान्डको ‘आवश्यकता’ रहेको बताएका थिए। ग्रीनल्यान्ड डेनमार्कको एक अर्ध–स्वायत्त क्षेत्र हो र डेनमार्क पनि नेटोको सदस्य राष्ट्र हो।

ट्रम्पले ग्रीनल्यान्डमाथि नियन्त्रण हासिल गर्न बल प्रयोगको सम्भावनालाई पनि अस्वीकार गरेका छैनन्। यसप्रति प्रतिक्रिया जनाउँदै डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले सोमबार चेतावनी दिँदै भनिन्, यदि अमेरिकाले आक्रमण ग¥यो भने त्यसको अर्थ नेटोको अन्त्य हुनेछ। एजेन्सी

प्रकाशित: २३ पुस २०८२ ०७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App