एमालेले राष्ट्रिय स्वयंसेवक अभियान सञ्चालन गरेको १५ दिन पूरा भएको छ। संयोजकका रूपमा यो एकमहिने अभियानलाई कसरी समीक्षा कसरी गर्नुहुन्छ?
भूकम्पले पुर्यारएको क्षतिका कारण क्षतविक्षत जनता निराशामा थिए। उद्धार र राहत पनि सबै स्थानमा पुग्न सकेको थिएन। त्यस्तो अवस्थामा मनसुन सुरु हुनुअघि खुला आकाशमुनि रहेका जनतालाई अस्थायी टहरामा ल्याउन जरुरी छ। यसका लागि अभियान चलाएर जनतामा अत्मविश्वास जगाउँदै कम्तीमा आफ्नो अस्थायी बासस्थान निर्माणमा अग्रसर बनाउनुपर्छ।
जिम्मेवार पार्टीका हैसियतले जे सकिन्छ विपत्तिमा परेका जनतालाई सेवा पुर्या।उनुपर्छ भनेर यो अभियान चलायौं। सुरुमा निकै गाह्रो थियो। ५–६ दिनको तयारीमा केन्द्रीकृत रूपमा १० हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गर्यौं। सकिन्छ कि सकिँदैन भन्ने चुनौति थियो। तर, ६ दिनका बीचमा हामीले त्यो शक्ति व्यवस्थापन गर्यौंक। पार्टीका नेता, पूर्वमन्त्री, सांसद, कार्यकर्तासहित समग्र पंक्ति नै यसमा परिचालित भएको छ। अहिले २५ जिल्लाअन्तर्गत ७६ निर्वाचन क्षेत्रका १४ सयभन्दा बढी स्थानमा २८ हजारभन्दा बढी कार्यकर्ता परिचालित छन्। तर, सबै घर हामी निर्माण गर्न सक्दैनौं। त्यो हामीले मात्रै गर्न सक्दैनौं भनेर पहिले पनि भनेका थियौं। स्थानीय स्रोतसाधनको अभावका कारण निर्माणमा केही ढिलाइ पनि भयो। तर, जनतासँग पार्टीलाई पुर्यायएका छौं, आपतमा पर्दा पार्टी हाम्रो साथमा छ भन्ने सन्देश दिन सकेका छौं। जनतामा रहेको निराशालाई हटाउन हामीले थोरै मात्र भए पनि योगदान गरेका छौं। जनतामा केही आशा जगायौं। वृद्ध, अपांग, असहाय, गरिब, घाइते र विपन्न परिवारलाई प्राथमिकतामा राखेर केही हजारमा भए पनि हामीले परिवार र विद्यालयका लागि केही हजार टहरा निर्माण गर्यौं। राजनीतिक पार्टीहरू जनताका बीचमा आएनन्, जनतालाई अप्ठेरो परेका बेला साथ दिएनन् भन्ने टिप्पणी र नकारात्मक प्रचार पनि थियो। त्यो होइन रहेछ। अप्ठेरो परेको समयमा जनताबीचमा आउँदा रहेछन्, जे सक्छन् उनीहरूले प्रयत्न गरे भन्ने सन्देश प्रवाह गर्यौं।
हिलोमा गाडिएको गाडीलाई किनारामा ल्याएर स्टार्ट गर्ने अवस्थामा पुर्यायौं। अब यसलाई राम्रोसँग ड्राइभिङ गरेर सुरक्षित ढंगले गन्तव्यसम्म पुर्या्उन आवश्यक छ। पार्टीको एकल प्रयत्नले मात्रै यो सम्भव हुँदैन। राज्यले एकीकृत ढंगले योजना बनाएर यसलाई सार्थक बनाउनुपर्छ। जे उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थियौं त्यो पूरा हुने दिशामा अभियान छ।
भूकम्पपछि उद्धार, राहत र पुनर्निर्माणको काममा सरकारले पनि स्वयंसेवक परिचालन गर्न सक्थ्यो। त्यसमा सरकार चुकेको हो?
हामीले सरकारलाई यो विषयमा पटक–पटक सुझाव दिएका थियौं। सरकारको एकीकृत छाताभित्र रहेर सबै पार्टीका संगठित नेता–कार्यकर्ता र पार्टी बाहिर रहेको जनशक्तिलाई स्वयंसेवकका रूपमा आह्वान गरेर सरकारको नेतृत्वमा बृहत रूपमा यो अभियान चलाउनुपर्छ भनेरसुझाव दिएका थियौं। हामीले जहिलेसुकै राज्यसँग अधिकार माग गर्यौंर। तर, विपत्ति आएर जनताले संकट सामना गरिरहेको समयमा प्रत्येक नेपालीले देश र जनतालाई सेवा पुर्याेउने कर्तव्य हो भन्ने भावना पनि जागृत हुन्थ्यो। लाखौंका संख्यामा स्वयंसेवक शक्ति पनि परिचालित हुन्थ्यो। हाम्रो त्यो आशा र अनुरोध थियो। हामीले पटक–पटक सुझाव दिँदा र अनुरोध गर्दा पनि सरकारले त्यो आहवान गरेन। जिम्मेवार पार्टी र सामाजिक कार्यकर्ता हुनुको नाताले देश र जनताप्रतिको दायित्व न्यूनतम रूपमा पूरा गनुपर्छ भन्ने भावनाबाट यो अभियान चलाइएको हो।
यो विषयमा सरकार पूरै असफल भएको हो?
सरकारको योगदानलाई ठोस विश्लेषण गर्ने हो भने उद्धार र राहतको अभियानमा सरकारले योभन्दा प्रभावकारी कदम चाल्न सक्नुपर्थ्याे। भूकम्प आएको यति लामो समयसम्म पनि सरकारले त्यो ढंगले प्रभावकारी कदम चाल्न सकेन। सरकारको कामकारबाही बढी पारदर्शी, अति चुस्त, प्रभावकारी र जनतामा आशा जगाउने हुनुपर्दथ्यो। अपेक्षाकृत रूपमा त्यो हुन सकेन। तर, अहिलेको अवस्थामा सरकारलाई नकारात्मक ढंगले टिप्पणी गर्न चाहन्नँ। तर, यस प्रकारको कार्यदक्षता, क्षमता र क्रियाशीलताले यो विपत्तिले उत्पन्न गरेको समस्या सामना गर्न सकिँदैन। संकटको अनुपातमा सरकार प्रभावकारी देखिएन। यो साश्वत कुरा हो।
हजारौं घर निर्माण गरियो भनेर भन्नुभएको छ। नेताहरूलाई यति गर्यौं भनिदिन सजिलो छ?
घरहरू निर्माण गर्नुअघि भत्केका घरको भग्नावशेषको फोटो लिने, घरधनीको नामसहित विवरण फारममा भर्ने, निर्माण भएपछि घरधनीलाई हस्ताक्षर गराउने, फोटो ल्याउने गरी व्यवस्थित लगत विवरण फारम पठाएका छौं। फारममा कति घर र स्कुल बनायौं, कति चर्किएको घरलाई हटायौं, सफा गर्यौं्, सबै विवरण प्रमाणसहित प्राप्त गर्ने व्यवस्था गरेका छौं। सञ्चारकर्मीहरूले विवरण हेर्न चाहे उपलब्ध गराउँछौं। हामीले काल्पनिक हिसाबले यति हजार र उति हजार घर बनायौं भनेर आत्मरति गर्नुपर्ने आवश्यकता छैन। जनता संकटमा परेका बेला त्यसो गर्नु उनीहरूको भावनामाथिको खेलबाड हुन्छ। प्रचारका लागि अभियान सञ्चालन भएको होइन। यथार्थमा एक थोपा भए पनि जनतालाई सेवा दिन सक्छौं भने सेवा दिनुपर्दछ भन्ने पवित्र भावनासाथ नै अभियान चलाएका हौं।
यसमा हाम्रो कुनै राजनीतिक स्वार्थ छैन, राजनीतिक भेदभावका आधारमा यो अभियान चलाउने, घर निर्माण गर्ने पनि भनेका पनि छैनौं। यसमा नितान्तः जनतालाई सेवा पुर्याीउने मनसाय र भावना हो, पवित्र ढंगले काम गरेका छौं।
आवश्यक पर्ने समुदायभन्दा पनि कांग्रेस, एमाओवादी र राप्रपाका कार्यकर्ताको घर बनाइदिने जस्ता प्रचारमुखी काममा अभियान बढी केन्द्रित भएको देखिन्छ नि?
यो बेला मेरो दल तेरो दल, मेरो पार्टीको कार्यकर्ता भनेर सोच्ने भेदभाव गर्ने बेला नै होइन। जनता कुनै पनि दलका हुँदैनन्, सबैका साझा हुन्। विपत परेका बेलामा मेरो पार्टी र तेरो पार्टी भनेर हेर्यांुै भने त्यो मानवताविरोधी भावना हो, मानवीय मूल्य र मान्यताविरुद्धको सोचाइ हो। स्वयंसेवकलाई आफ्नो कार्यक्षेत्रमा जानुअगावै काम छनोट गर्ने मापदण्ड बनाएर निर्देशन दिएका थियौं। विचार र आस्था नहेरी निष्पक्ष ढंकले सबैभन्दा विपन्न, असहाय, घाइते, मानवीय क्षति भएका, सबैभन्दा बढी भौतिक क्षति व्यहोरेकोमा जान कडाइका साथ निर्देशन दिएका थियौं। त्यही आधारमा काम भएको छ। त्यसरी गर्दा कोही कांग्रेस, कोही माओवादी, राप्रपाको घर पर्योभ होला। हामीले दलीय स्वार्थभन्दा माथि उठेर विशुद्ध मानवीय भावका साथ काम गरेका छौं त्यसमा खुसी छौं।
बाहिरबाट स्वयंसेवक लगेर काम लगाउने कार्य खर्चिलो र समस्या बढी हुने देखिन्छ। स्थानीय स्तरमा दीर्घकालीन रूपमा स्वयंसेवक परिचालन गर्ने उपाय के हुन सक्छ?
हामी सानो छँदा बाटो, कुलो, विद्यालय, खानेपानी निर्माण जस्ता सामाजिक काममा आमजनता लाग्ने चलन थियो। बिस्तारै यो राम्रो संस्कृति हट्दै गयो र ससाना कुरामा समेत सरकारको मुख ताक्ने प्रवृत्ति देखा पर्यो । आफ्नो घर अगाडिको ढुंगा पन्छाउनुपर्योु भने पनि सरकार कहिले आउला भनेर लामो प्रतीक्षा गर्ने प्रवृत्ति छ। हामीले नयाँ ढंगले फेरि आम नागरिकमा स्वयंसेवाको भावना जगाउन जरुरी छ। यसका लागि सकिन्छ हरेक पार्टीले स्वयंसेवाको एउटा स्थायी संरचना निर्माण सके राम्रो हुन्छ। आम कार्यकर्तापंक्तिमा संकट, विपत्ति र जनतालाई पीडा भएका समयमा स्वयंसेवकका रूपमा रूपान्तरण गर्ने, आवश्यक परेका बेला अघि सर्ने मनोविज्ञान र वातावरण तयार गर्नुपर्दछ। पार्टीका तर्फबाट वर्षमा एउटा निश्चित समय स्वयंसेवा प्रदान गर्ने नीति बनाउन सक्यौं भने राम्रो हुनेछ।
जनतालाई समस्या परेका बेला र देशमा विपत्ति आएको समयमा पार्टीको निर्णय, निर्देशन नेकपा एमालेका कार्यकर्र्ताले पर्खिरहनुपर्दैन। जहाँ–जहाँ यस्तो विपत्ति आउँछ, जनताले संकट व्यहोर्छन्, त्यहाँ कार्यकर्ताले आफूलाई स्वयंसेवकमा रूपान्तरण गरेर जनतालाई उद्धार गर्नु, सेवा पुर्याउनु कर्तव्य हो।
स्वयंसेवाको अभियानमा जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
जनता अहिले पनि निराशाबाट माथि उठ्न सकिरहेका छैनन्। जनताको पहिलो प्राथमिकता कम्तीमा आफ्नो बास सुरक्षित होस भन्ने नै हो। हामीले बनाउने अस्थायी टहराले पनि जनतालाई विश्वस्त पार्न सकेको छैन। यसले तत्कालको आवश्यकता पूरा गर्ला, तर दीर्घकालीन रूपमा सुरक्षित भरपर्दो बास निर्माण होस्।
दोस्रो, ठूलो आर्थिक क्षति भएको छ। त्यसलाई पूर्ति गर्नका लागि तत्काल कुनै विकल्प पनि देखिँदैन। त्यसैले राज्यले नयाँ प्रकारको कार्यक्रम ल्याउन सकोस् जसले पुनर्निर्माणका साथसाथै बेरोजगारले रोजगारी प्राप्त गर्ने, आर्थिक गतिविधि पैदा हुने खालको वातावरण बनोस् जसबाट जनताले जीवनलाई स्वाभाविक बनाउन सकून्, गुमेको सम्पत्ति कमाउन सक्ने अवस्था बनोस्।
जनतामा आफ्नो भत्केको घर सरकारले ढिलोचाँडो बनाइदिन्छ कि भन्ने आशा पनि छ। यसमा हामीले के स्पष्ट पार्न आवश्यक छ भने सरकारको उपस्थितिमा प्रत्येकको घर निर्माण गर्न सम्भव हुँदैन। सरकारले सीमित अनुदान दिन सक्ला, त्यसलाई परिचालन गरेर हरेक परिवार आफ्नो खुट्टामा उभिएर आत्मनिर्भरताका साथ बासस्थान निर्माणमा अघि बढ्नुपर्छ भन्ने जागरण चाहिएको छ। जनतालाई ज्यादा परनिर्भर बनाउने ठाउँ हामीले राख्नु हुँदैन।
प्रकाशित: २८ जेष्ठ २०७२ २०:०२ बिहीबार





