२८ पुस २०८२ सोमबार
image/svg+xml
अन्तर्वार्ता

‘विश्वसनीय बैंकका रुपमा चिनाउनेछौं’

प्रभु विकास बैंक र किस्ट बैंक मर्ज भएर बनेको प्रभु बैंकको वित्तीय अवस्था हाल सुधारोन्मुख छ। चालु आर्थिक वर्षको ६ महिनामा बैंकले ५४ करोड खुद नाफा गरेको छ। यसले ग्रान्ड बैंक र नेपाल विकास बैंकलाई खरिद गर्दैछ। दुई वित्तीय संस्था खरिद गरेपछि बैंकको पुँजी ५ अर्बभन्दा बढी पुग्ने छ। पुँजीका हिसाबले औलामा गन्न सक्ने बैंकको रुपमा स्थापित गर्न खाजेको बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन्। बैंकका आगामी योजना, वर्तमान अवस्था र समग्र बैंकिङ बारे नागरिकका विष्णु बेल्वासेले शेरचनसँग गरेको कुराकानीः

बैंकको अवस्था सुधार गर्न के गर्दै हुनुहुन्छ?
बैंकको अवस्था थप सुदृढ बन्दै गएको छ। प्रभु विकास बैंक र किस्ट बैंक मर्जर भएपछि सुधारको क्रम बढेको छ। बैंकले लगानी विस्तार गरेको छ। खराब कर्जा असुलीमा सफलता प्राप्त गरेको छ। ग्राहकबाट राम्रो प्रतिक्रिया आएको छ। बैंकका शाखा विस्तार र स्थानान्तरणतर्फ लागेको छौं। समग्रमा बैंकले गति लिइरहेको छ। बैंकको ‘फाइनान्सियल फिगर’ पनि निकै राम्रो भएको छ। बैंकले ३४ अर्ब निक्षेप संकलन गरेको छ भने २७ अर्ब लगानी गरेको छ। खराब कर्जा घटाउँदै गएका छौं। साढे ६ लाख ग्राहकले आधुनिक प्रविधिसहितको सुविधा पाइरहेका छन्। बैंकको अवस्थालाई थप सुधार गर्न खराब कर्जा असुली, बजार विस्तालगाायतका कामलाई तिब्रता दिएका छौं।

पहिलो त्रैमासमा घाटामा गएको बैंकलाई दोस्रो त्रैमासमा नाफामा लान कसरी सम्भव भयो?
खराब कर्जा असुलीलाई तिब्रता दियौं। ब्याजदर आम्दानी बढी गरेका छौं। यी र यस्तै कारणले बैंकलाई नाफामा लान सकेका हौं। दोस्रो त्रैमासमा बैंकले ५४ करोड खुद नाफा कमाएको छ। तेस्रो त्रैमासमा थप नाफा कमाउने छ। त्यसबेलासम्म एनपिए पनि निकै घट्ने छ।

बैंकले नाफा बढाउने काम किस्ट बैंकका तत्कालीन प्रवन्ध निर्देशक कमल ज्ञवालीको नाममा रहेको सेयर बेचेर भयो भनिन्छ नि?
त्यो सत्य होइन्। दोस्रो त्रैमाससम्ममा ज्ञवालीको सेयर बेचेका थिएनौ। हालै मात्रै कमल ज्ञवालीको नाममा रहेको १२ करोड बराबरको सेयर बेचेका हौं। त्यो त तेस्रो त्रैमासको नाफामा मात्र आउने छ।

किस्टसँग मर्जर भएपछि पनि बैंकले आक्रमक रुपमा काम गर्न सकेन भन्ने आरोप लगाइन्छ। यसमा तपाँईको भनाई के छ?
मर्जर सकेर एउटा ट्र्याकमा आउन समय लाग्छ। अहिले बैंक एउटा ट्र्याकमा आइपुगेको छ। यसैबीचमा ग्रान्ड बैंकलालाई एक्विजिसनतिर पनि लाग्यौं। अबको एक दुई वर्षसम्म बैंकको आन्तरिक अवस्थालाई मजबुत बनाउनेतिर लाग्ने विचार छ। ग्राहकलाई उच्च स्थानमा राखेर नयाँ प्रविधिसहित सेवा दिनेछौं। कर्मचारीको वृति विकासमा ध्यान दिनेछौं। बैंकको इमेजलाई जोगाउन सकारात्मक काम गर्नेछौं। बैंकप्रति आकर्षक हुने काम गर्ने छौं। बैंकलाई विश्वासयोग्य बनाउने योजनामा लागेका छौं। बैंकले अब आक्रमक रुपमा काम गर्ने छ ।
ग्रान्ड बैंक खरिद गर्ने निर्णय गरिएको छ।बिग्रेका भत्केका बैंक किन्दै जाने हो भने  बैंक कहिले राम्रो हुने?
ग्रान्ड बैंकलाई खरिद गर्ने सम्झौता भएको छ। दुई बैंकबीच भएको सम्झौता अनुसार एक्विजिसनमा जाने भनिएको हो। मर्जर होइन, हामीले ग्रान्ड बैंकको सेयर प्राप्ति गर्ने छौं। यो प्रयोग सफल भयो भने अन्य बैंक तथा वित्तीय संस्थालाई आगामी दिनमा बाटो सजिलो हुने छ। अब नेपालको एउटा वाणिज्य बैंक घट्छ र ग्रान्ड बैंकको अस्तित्व हराएर प्रभु बैंकमा समाहित हुन्छ।
 
समस्यामा परेकालाई एक्विजिसन गर्दै हुनुहुन्छ? कसरी सुधारिन्छ?
नेपाल विकास बैंक नेपालकै पुरानो विकास बैंक हो। यस बैकमा जति पनि व्यक्ति थिए, उनीहरूको गलत नेतृत्वको कारणले नेपाल बैंकको अवस्था त्यस्तो भएको हो। यसमा केही सम्भावना पनि रहेका छन्। यस बैंकमा इन्डियाको आइडिबिआई बैंकको लगानी छ, त्यसलाई निरन्तरता दिन सक्ने हो भने प्रभु बैंकले ठूलो प्राप्ति गर्न सक्छ। त्यस्तै यस बैंकमा नेपाल राष्ट्र बैंकको पनि लगानी रहेको छ, केही सरकारी संस्थाको पनि यस बैंकमा लगानी रहेको छ। त्यसैले नेपाल विकास बैंकसँग ती विभिन्न संस्था जोडिएकाले पनि हामीले उक्त संस्थालाई एक्विजिसन गर्न आवश्यक ठानेका हौं।हामीले सधै यस्तै खाले अन्य वित्तीय संस्था खरिद गर्ने योजना बनाएका छैनौं।

यसबाट प्रभु बैकको छवि बिग्रदैन?
हामीले प्राप्ति गरेका संस्थालाई राम्रोसँग सञ्चालन गरेर केही वर्षमा राम्रो परिमाणमा ल्याउन सकेनौं भने प्रभु बैंकलाई समस्या पर्छ। तर, हामीले गरेको अध्ययनअनुसार ग्रान्ड बैंक र नेपाल विकास बैंकमा जुन किसिमको तरलताको अवस्था देखिएको छ, त्यो व्यवस्थापन गर्न सकिने खालको छ। किस्ट बैंकको अवस्था जे थियो अहिले ग्रान्ड बैंकको अवस्था पनि त्यही हो। किस्ट बैंकलाई हामीले छोटो समयमा सुधार गर्न सफल भएका थियौं र ग्रान्ड बैंकलाई पनि छोटो समयमा सुधार गर्न सकिने अवस्था छ। त्यसकारण समस्यासँगै सम्भावना पनि उत्तिकै रहेका छन्। हामीले ती सम्भावनालाई फाइदाको रूपमा लिँदै अगाडि बढिरहेका छौं।
ग्रान्ड बैंक र नेपाल विकास बैंकसँग जोडिएका सम्पूर्ण ‘स्टेक होल्डर’ तथा अन्य व्यक्तिसँंग हामीले छलफल गरिसकेका छौं। उहाँहरूबाट सहयोग र पूर्ण समर्थनको प्रतिवद्धता आएकाले हामी ढुक्कसँग अगाडि बढेका छौं। हामीलाई आशा पनि छ हामी सफल हुन्छौं।
बैंकको पुँजी बढेपछि लगानी पनि त बढाउनु पर्ने चुनौती थपियो नि?
पुँजी बढेपछि लगानी बढाउनु पर्ने समस्या छ। ग्रान्ड बैंकलाई खरिद गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब भन्दा बढी भएको छ। हकप्रद सेयर वितरण गर्ने भनेर निर्णय गरिसकेका छौं। यसले पनि पुँजी वृद्धि हुने नै छ। केन्द्रीय बैंकले वाणिज्य बैंकलाई ५ अर्ब चुक्ता पुर्यािउन निर्देशन दिए पनि हामीलाई असर पर्ने छैन् किनकी प्रभु बैंकको चुक्ता पुँजी ५ अर्ब प्लस भइसकेको छ।
बैंकहरुबीच तीब्र प्रतिस्पर्धा छ। यति धेरै बैंकसँग कसरी प्रतिस्पर्धा गर्ने योजना छ?
नेपालको अर्थतन्त्र विकसित हुँदै गएको छ। व्यापार व्यवसायका लागि ऋण माग्ने क्रम बढेको छ। नयाँ आयोजना निर्माणमा जाने तयारीमा छन्। राजनीतिक वातावरण सुधि्रएमा कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी बढने छ। बैंकलाई अन्य बैंकको प्रतिस्पर्धीभन्दा पनि सहयात्रीको रूपमा उभ्याउने कोसिसमा लाग्नेछौं। सबैसँग मिलेर सकेसम्म बढीभन्दा बढी फाइदा लिने कोसिस गर्छौं। बैंकले बजारमा नकारात्मक सन्देश लिएर जाँदैन। सदैव सकारात्मक सोच र सन्देशको बाटोमा अगाडि बढ्छौं। प्रतिस्पर्धा सकारात्मक हुनु जरुरी छ। सफल हुने बैंकको बाटो अनुकरण गर्ने छौं। अस्वस्थकर प्रतिस्पर्धा गर्ने छैनौ। अरु बैंक तथा वित्तीय संस्थाबाट पनि यस्तै किसिमको विश्वासको अपेक्षा गर्छौं।
भर्खरैं प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको छ, तपाईको कार्यकालमा यो अवधिमा बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ?
सबैले विश्वास गर्न योग्य बैंकको रुपमा चिनाउने छौं। आममानिसले प्रभु बैंकको नाम लिँदा विश्वासिलो बैंकको रुपमा लिनेछन्। त्यसका लागि वातावरण बनाउँदैछौं। ३० वाणिज्य बैंकमध्ये कुन तहमा प्रभु बैंक पर्छ भन्नुभन्दा पनि विश्वासिलो बैंकमध्येको प्रभु बैंक पनि हो भन्ने तरिकाले काम गरिरहेका छौं। प्रभु बैंक विभिन्न वित्तीय संस्थाहरूको एकीकृत रूप हो। त्यसकारण यस बैंकमा विभिन्न खालका संस्कृति सँगसंँगै भित्रिएका छन्। ती सबै संस्कृतिलाई हामीले एकै ठाउँमा राखेर अगाडि बढ्नुपर्नेछ। बैंकको सञ्जाल, ग्राहकको आकार तथा व्यापारको आकार पनि ठूलो हुँदै गइरहेको छ। त्यसकारण आगामी दिनमा हामीसंँग भएका स्रोत साधनलाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सोचिरहेका छौं। स्रोत साधनलाई राम्रोसँग सदुपयोग गर्न सकेमा मात्रै सेयर सदस्यलाई राम्रो प्रतिफल दिन सक्छौं। साथै हामीले पनि प्रगति गर्न सक्छौं।

लगानीका क्षेत्रमा पनि अन्य बैंकभन्दा पृथक योजना बनाउनु भएको छ कि?
जलविद्युत्, पर्यटन, कृषि, औद्योगिक क्षेत्र, आयात निर्यातलगायतका क्षेत्रमा लगानी बढाउने योजना छ। नेपाल राष्ट्र बैंकले जलविद्युत् र कृषिमा १२ प्रतिशत लगानी गर्नु पर्ने अनिवार्य व्यवस्था गरेको छ। केन्द्रीय बैंकले निर्देशन गरे अनुसारका लगानी बैंकले पुर्याषएको छ। अहिले लगानी गरिरहेका क्षेत्रहरुमा नै लगानी विस्तार गर्दै जाने र नयाँ लगानीका क्षेत्र पहिचान गर्ने योजनामा छौं।

केन्द्रीय बैंकले लगानीका क्षेत्रलाई प्राथमिकता दिने गरी नीति बनाउनु पर्ने होइन र?
केन्द्रीय बैंकले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक क्षेत्रलाई छुट्टाएर विशेष किसिमको व्यवस्था गर्नु जरुरी छ।

प्रभु बैंकको अबको रणनीति के हुन्छ?
मर्जरका कारण शाखा पुर्नस्थापना गर्न राष्ट्र बैंकबाट स्वीकृत लिइसकेका छौं। वाणिज्य बैंकका लागि आवश्यकभन्दा बढी चुक्ता पुँजी भएर पनि हामीले लगानी बढाउनकै लागि हकप्रद सेयर जारी गरेका हौं। बैंकको खराब कर्जा धेरै भएकाले त्यस्तो कर्जा उठाउने र लगानी विस्तार गर्ने दुवै हाम्रो प्राथमिकतामा छ। खराब कर्जा उठाउन मात्र हामी केन्द्रीत भयौ भने बैंक अगाडि जादैन। खराब कर्जा उठ्यो भने त ठिकै छ उठेन भने बैंक डुब्यो नि। त्यसैले खराब कर्जा पनि उठाउँदै जाने, थप लगानी पनि गर्दै जाने। विगतमा भएको कमजोरी पुरानो कर्जा उठाएर मात्र नयाँ कर्जा विस्तारमा जाउँ्क भन्दा बैंक अघि बढ्न नसकेको हो। अब खराब कर्जा उठाउने र नयाँ लगानीको योजनालाई सँगसँगै अगाडि लैजान्छौं। ग्राहकलाई दिने सेवामा विविधता छ। हामीसँग रेमिटेन्सको कारोबार पनि राम्रो छ। यी सबै कारणले यस बैंकको पहुँच ग्रामीण तथा दुर्गम क्षेत्रमा छ। हामीले चाहेको अवस्थामा ऋण र निक्षेपको क्षेत्रमा पनि आफूलाई बलियो रूपमा उपस्थिति गराउन सक्छौं।
सबैभन्दा पहिले बैंकको छविलाई जोगाउने प्रयास गर्छौं। त्यसका लागि एक्लैले सम्भव हुँदैन, यस बैंकसँग जोडिएका हरेक पक्षको सहयोगको आवश्यकता पर्छ। त्यसपछि बैंकिङ क्षेत्रमा र देशका अर्थतन्त्रका लागि एउटा महत्वपूर्ण अंशको रूपमा आफूलाई स्थापित गर्ने कोसिस रहन्छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै काम गछर्ौं। बैंकसँग जोडिएका सबै कर्मचारीलाई समेत विश्वासमा लिएर अगाडि बढ्छौं। मलाई पूर्ण विश्वास छ, यस बैंकलाई सफल रूपमा अगाडि बढाउन सबै पक्षको सहयोग हुन्छ।
 
अधिकांश बैंक तथा वित्तीय संस्थाहरू सहरकेन्द्रित छन्, प्रभु पनि सहरी भिडमै हराउने हो कि ?
अहिले पनि ६५ प्रतिशत जनता भन्दा बाहिर बैंक जान सकेका छैनन्। बैंकहरुलाई गाउँघरतिर जान अनिवार्य गरिनु पर्छ। बैंकलाई गाँउघरतिर जान केन्द्रीय बैंकले पनि बाध्य पार्नुपर्छ। हामीले ग्रामीण क्षेत्रमा पहिलेदेखि नै सेवा दिँदै आएका छौं। मुक्तिनाथदेखि तराईका सिरहा, मिर्चैया, राजविराज, कलैयालगायतका ठाउँमा बैंकिङ सेवा पुर्याकएका छौं। त्यस्तै पहाडी जिल्ला दैलेख, दोलखालगायतका विभिन्न ठाउँमा सेवा दिन सफल भएका छौं। नेपालका विकटभन्दा विकट ठाउँमा हाम्रा सेवा पुगेका छन्। त्यसकारण पछिल्ला दिनमा हाम्रो उपस्थिति तराई तथा पहाडी क्षेत्र जहाँ जनघनत्व बढी छ, जहाँ सम्भावना बढी छन्, त्यस्ता ठाउँमा भएको छ। बैंकहरुले सेवालाई विकेन्द्रीकरण गर्न जरुरी देखिन्छ।

नयाँ गभर्नरका छनौटको तयारी सरकार पुगेको छ। तपाईको बिचारमा नयाँ गभर्नर कस्तो आउनु पर्छ जस्तो लाग्छ?
नयाँ गभर्नर नेपाली अर्थतन्त्र, व्यवस्थापन, मनिटरी फन्ड बुझेको हुनुपर्छ। गभर्नरले नेपाल सरकारको सल्लाहकारका रुपमा काम गर्ने भएकाले स्पष्ट भिजन हुनु जरुरी छ। नयाँ गभर्नरमा सबै पक्षलाई डोर्याघएर हिडन सक्ने क्षमता हुनुपर्छ।

प्रकाशित: १६ फाल्गुन २०७१ २२:५२ शनिबार