लमजुङको घलेगाउँ पर्यटकीय केन्द्र हो। घलेगाउँसँगै आसपासका क्षेत्र पनि पछिल्लो समय परिचित पर्यटकीय गन्तव्य बनिरहेका छन्। तर कोरोना भाइरस महामारीले पर्यटन क्षेत्र नराम्ररी थलियो। मुलुक लकडाउनमा परेपछि सुरूका केही महिना सबै गतिविधि ठप्प भए। प्रतिकुल अवस्थामा पनि लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका भित्र पर्ने घले गाउँभने केही अपबाद बनेको छ। अन्य ठाउँहरू उठ्न संघर्ष गर्दै गरेको अवस्थामा यहाँ भने पर्यटनको घुइँचो लाग्न थालेको छ। कोरोना कहरमा यस ठाउँ कसरी चलायमान भयो? यसका लागि कस्ता रणनीतिहरू बने? यिनै सेरोफेरोमा रहेर क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष तथा ग्रामीण पर्यटन प्रवर्धनका अभियान्ता प्रेम घलेसँग नागरिककर्मी पवन बाराईली ले गरेको कुराकानीः
घलेगाउँको पर्यटन व्यवसाय अहिले कुन अवस्थामा छ?
कोरोना महामारीले संसारलाई चुनौती दिएकै हो। अहिले घलेगाउँ पहिले कै अवस्थामा फकेको छ। बिस्तारै आन्तरीक पर्यटकहरूको घुँइचो लाग्दै छ। झन लकडाउन पछि फ्रेस हुनका लागि यहाँ घुम्न आउनेको संख्या बढ्दै छ। यहाँको प्रकृति र संस्कृतिसँग पर्यटकहरू रमाईरहेका छन्।
घलेगाउँलाई कोरोनाले कतिको असर गर्याे?
छ महिनाजति कोरोनाको प्रभाव कडा रूपमै पर्यो। स्वास्थ्यको मापदण्ड पालना गर्दै भदौं एक गतेबाट खुलायौं। सेनिटाइजर, मास्क, सामाजिक दूरी कायम गर्ने जस्ता नियम पालना गर्न जनचेतना कार्यक्रमा पनि गर्र्याैँ। प्रत्येक घरको कोठामा दुई जनाबाहेक बस्न नदिने नियम बनायौँ। तर मंसिर लागेपछि कोभिड–१९ नियन्त्रण कम हुँदै गएपछि स्वास्थ्यको मापदण्ड सहित खुकुलो बनाउँदै लग्र्याैँ। त्यसको प्रभावहामीलाई पनि परयो। तर अहिले घलेकागाउँमा पुरानै लयमा फर्किसक्यो । पर्यटकहरुको आउने क्रम बढ्दो छ। मंसिरदेखि चैत महिनासम्म अपेक्षा गरेभन्दा धेरै मान्छे आए। केही समय त व्यवस्थापन गर्न पनि मुस्किल पर्याे। कोरोना पछि झनै धेरै मान्छेहरू आएका छन्। सडक राम्रो भएकोले आफ्नो सवारी साधानमा सजिलै पुग्न सकिन्छ । त्यसैले आन्तरिक पर्यटकको आगमन बढेको हो। बिदाको दिन दैनिक एक हजारको हाराहारीमा पर्यटक आउन थालेका छन्।
घलेगाउँमा पर्यटक आवागमनलाई कसरी सहज बनाउँनु भयो?
नेपालका अधिकांश स्थानमा होमस्टेहरु मंसिरदेखि खोलिए। तर हाम्रोमा भदौ एक गतेबाटै खोलियो। त्यतिबेलापनि कोरोना संक्रमणको संख्या घटेको थिएन। निकै चुनौतीका साथ पनि हामी महामरीबाट बच्दै अघि बढायौं।
विभिन्न सचेना कार्यक्रमहरु सञ्चालन गरेर कामहरु अघि बढ्यौँ। पर्यटकलाई कसरी तान्न सकिन्छ भन्ने कुरा पहिले योजना बनाएर अघि बढ्यौ। नेपालको पर्यटकीय केन्द्र बनेको घले गाउँ अहिले पुरानै अवस्थामा छ। घले गाउँमाखेती योग्य स्थान छैन्। मुख्य आम्दानीको स्रोत भनेको पर्यटक नै हो। अझै पनिपर्यटनसँग आश्रित छ। त्यसैले धेरै समय बन्दगर्न मिल्दैन। पर्यटन व्यवसायीहरूलाई सल्लाह गरेर पर्यटक आवागमनलाई सहज बनायाँै।
गाउँपालिकाले कोरोना महामारीसँग कसरी संघर्ष गर्याे ?
गाउँपालिकाले प्रमुख स्वास्थ्यलाई बढी छुट्याएर अस्पतालको व्यवस्था गर्यौँ। गाउँपालिकाले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्यो। दीर्घ रोगीहरूलाई निशुल्क औषधि वितरण गर्र्याैँ। सबै अस्पतालहरूमा औषधिहरु व्यवस्था गरे दीर्घ रोगीलाई स्वास्थ्य परीक्षण गर्र्यौँ। सबै वडामा क्वारिन्टिनहरु निर्माण गर्यौँ। गाउँमा एउटा एम्बुलेन्सको व्यवस्था गरियो। लमजुङ जिल्लामा हामीले प्राथमिकता साथ काम गर्यौँ। हामीले गाउँका युवाहरुलाई स्वारोजगार बनाउन धान गहँुको बीउ वितरण गर्दै कृषिका कार्यक्रमहरु सुरु सञ्चालन गर्र्यौँ।
कोरोना महामारीमा गाउँपालिका भित्रका विद्यालयमा पठनपाठन कसरी भयो?
हाम्रो गाउँपालिका भित्र विद्यालय कम छ। धेरै भिडभाड हुँदैन । साउन १ गते बाट स्कुल सुरुवात ग¥र्याैँ। शिक्षक शिक्षिकालाई पिसीआर परीक्षण गरेर मात्र विद्यालय संचालन ल्यायौँ। अहिले नियमित रुपमा विद्यालयहरू सञ्चालनमा आएका छन्।
कोरोना कहरबीच विकास निर्माणका कामहरू कसरी अघि बढे ?
कोरोना महामारीले गाउँपालिकामा विकास निर्माणका काममा १० प्रतिशत अवरोध भयो। केहि योजना डेन्डर प्रक्रिया सुरू भएका निर्माण काम बन्द गर्नु पर्याे। केही योजनाका कामहरु कोरोनाका कारण केही योजना आझेलमा परे। तर त्यसलाई फेरि सुरक्षित भएर काम सुरु गरियो। समानहरु ढुवानी गर्न समस्या भयो। तर अहिले रोकिएका काम धमाधम भइरहेको छ।
पर्यटन व्यवसाय चलायमान बनाउन समाजको कस्तो भूमिका हुनुपर्ला?
अहिले नेपालमा पनि खोप आइसकेको छ। तर खोप आयो भन्दैमा ढुक्क हुने स्थिति छैन। अझै पनि सुरक्षाको मापदण्ड अपनाउनु पर्छ। तर पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक छ। कोरोना महामारीले थला पारेको देशको अर्थतन्त्र उकास्न पर्यटन क्षेत्रको महत्वपूर्ण छ। हामीले आन्तरिक पर्यटकलाई व्यवस्थित बनाएर अघि बढ्नु विकल्प छैन। विश्वमा अझै कोरोना महामारीको विदेशी पर्यटक उपस्थिति रहँदैन। त्यसैले नागरिकले पनि सचेत भएर जीवन यापनमा सहज बनाउनु पर्छ।
घलेगाउँ किन जाने ?
हिमालको काखमा रहेको गाउँबाट मनोरम दृश्यहरू देख्न पाइन्छ। घालेगाउँ पुग्ने अधिकाशंले स्वार्गको टुक्रा भनेर परिचय पनि दिएका छन्। हिमाल, जंगल, खोलानाला जस्ता दृश्य देख्न पाइन्छ। ग्रामीण पर्यटनको नमूना गन्तव्य घलेगाउँमा घुम्नलायक ठाउँ प्रसस्तै छन्। चियाबारी, गुरुङ संग्रहालय, भ्यूटावर, उत्तरकन्या मन्दिर, कोइवो धिँ लगायत सम्पदाहरू हेर्न पाइन्छ। यति मात्रै होइन छिमेकी गाउँहरू घनपोखरा, भुजुङ र बागलुङपानीमा हाइकिङ गर्न मिल्छ। सांस्कृतिक हिसाबले गुरुङ समुदाय समृद्ध मानिन्छ। गुरुङ भाषा, कला, संस्कृति, परम्परा र रहनसहनका हिसाबले घलेगाउँ खुला पाठशाला पनि बनेको छ। घलेगाउँमा हरेक चाडपर्वमा नाचगान पनि गरिन्छ।
अचेल पाहुनाको मागअनुसार गाउँमा कृष्णचरित्र, घाँटु, रोधी, घ्याप्री, सेर्गा र पच्यू नाच देखाइन्छ। पाहुनालाई पनि आफूसँगै नचाउँने गरिन्छ। प्राकृतिक सुन्दरता र संस्कृतिक बोकेको घलेगाउँ घुम्न पर्यटकहरु आउनुहुन्छ। यति मात्रै होइन एकपटक घलेगाउँमा पुगेर फर्केका जुन कुनै पर्यटक पनि स्थानीय खानाको स्वाद सम्झेर फेरि आउने आउने गर्नु हुन्छ। घलेगाउँमा आउने पाहुनाको लागि लोकल कुखुराको मासु, ढिंडो, सिस्नोको खोले अनि स्थानीय चिया महत्वपूर्ण मानिन्छ। हामीले घलेगाउँलाई गुरुङको संस्कृति बेचेर पनि पर्यटन विकास गर्छाैँ भन्ने अठोट लिएका थियौं। आज सफल भएका छौँ।
घलेगाउँमा समृद्धि कसरी आयो?
घलेगाउँमा अन्नबाली खासै उब्जनी हुँदैन। त्यसकारण पनि गाउँलेहरू अन्यात्रा बसाइँ सरिरहेका थिए। पोखरा काठमाडौं लगायत ठाउँमा गाउँ छाडेरमा हिड्न थालेका थिए। त्यसका बावजुत पनि घलेगाउँलाई कसरी पर्यटकीय ठाउँको विकास गर्ने भन्ने विचार आयो। विं सं. २०४९ र ०५४ सालमा म गाविस अध्यक्ष पनि भएँ। गाउँलाई बसाइसराइँबाट बचाउने र गाउँमै आर्थिक उन्नती गरी वैदेशिक रोजगारीमा जाने युवाहरूलाई कसरी रोक्ने भन्ने योजना बनाएँ। गाउँ बाक्लो भएका कारण फोहोर अलि बढि हुन्थ्यो त्यसैले शुरुमा मैले शौचालय निर्माण गर्ने अभियान चलाएँ जसले गर्दा गाउँभर शौचालयको निर्माण भयो।
गाउँमा गुरुङहरूको परम्परागत कला, संस्कृतिहरूलाई जगेर्ना गर्ने र घलेगाउँमा रहेको प्रकृतिलाई पर्यटकहरूमाझ देखाउने मेरो शोख थियो र त्यसैअनुरुप मैले काम गर्दै अघि बढे फलस्वरुप गाउँलेको सहयोगमा मैले २०५४ सालमा घलेगाउँमा ग्रामीण पर्यटनको अवधारणा ल्याएँ। त्यसपछि होमस्टेको सुरुवात गरियो। हिजो गाउँ छाडेर हिडेका मानिसहरू पनि फर्किएर ठूला ठूला होटल व्यवसायहरू सञ्चानल गर्न थालेका छन्। वर्षौं घर छाडेर हिडेका पनि आएका छन्। सबैले काम पाएका छन्। व्यवासायबाट मनग्य आम्दानी भएको छ। २० वर्षको अवधिमा घले गाउँमागरिबबाट धनी भएको छ। गाउँका सबै मान्छे सम्पन्न हुनुपर्छ। सबैले काम गर्न पाउनु पर्छ भन्ने प्रण गरेर काम अघि बढाएको थिएँ। हामीले यस काममा सफलता पाएको जस्तो लाग्छ।
बिस वर्षको अवधिमा घलेगाउँ गरिब गाउँबाट धनी गाउँ भएको छ। गाउँका सवैले काम पाउनु पर्छ तव मात्र सवै सम्पन्न होइन्छ भन्ने सामुहिक प्रणले गाउँ समृद्धीको दिशामा अगाडी बढेको हो।
घले गाउँ सम्पन्न त भयो तर आसपासको गाउँअझै सम्पन्न भएको छैन नि?
आसपासको गाउँ पनि सम्पन्न हुने चरणमा छन्। अन्य गाउँहरुमा पनि धेरै पर्यटकहरू जान थालेका छन्। यहाँका आसपासका गाउँमा लिङ, भुजुङ, गिलुङ, पसगाउँ, सिङ्दी, घाम्राङ, कपुर गाउँलगायतका सबै ठाउँमा बिस्तारै गाम्रीण पर्यटनको विकास भएको छ। यी ठाउँमा पनिहोमस्टे, फार्मस्टे संचालनमा आएका छन्। यो सँगै यहाँ आउने आगन्तुको संख्या पनि बढेको छ।
ती गाउँहरूलाई प्रवद्र्धन गर्ने योजना के छ ?
मैले गाउँपालिकाको ६ वडामा पर्यटन प्रवद्र्धनको लागि सुरु भइसकेको छ। सडक सञ्जाल जोडिएको छ। ती गाउँहरुमा पनि पर्यटक पुग्न थाल्नु भएको छ। सबै तिर सडकले छोएकोले पर्यटक सहजै पुग्न सक्नु हुन्छ। बिस्तारै पर्यटनको विकास हुँदै छ।
प्रकाशित: २४ चैत्र २०७७ ०६:२७ मंगलबार