२८ असार २०७७ आइतबार
अन्तर्वार्ता

सुरक्षा र प्रतिफलका हिसाबले ऋणपत्रमा लगानी उत्तम

बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनकशर्मा पौड्यालले सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। विसं २०२१ मा पर्वतको शंकरपोखरीमा जन्मिएका उनी गाउँको विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा हासिल गर्न राजधानी आएका थिए।

सरस्वती क्याम्पसबाट आइकम र बिकम अध्ययन गरेका उनी आफ्नो ‘ब्याच’का कलेज ‘टपर’ पनि हुन्। २०४४ मा ‘जुनियर क्लर्क’बाट नबिल बैंकमा प्रवेश गरेका उनले ११ वर्ष अनुभव लिइसकेपछि एनआइसीबैंकमा जिम्मेवारी सम्हालेका थिए।

एनआइसी बैंकमा करिब पाँच वर्ष जिम्मेवारी सम्हालेपछि लक्ष्मीबैंकमा प्रवेश गरेका उनले करिब अढाइ वर्षजति त्यहाँ बिताए। लक्ष्मीबैंकमा प्रवेश गरेपछि १५ महिना अध्ययनका लागि बेलायत गएका उनले लन्डन स्कुल अफ कमर्सबाट एमबिए अध्ययन गर्दागर्दै पिआर पनि पाए। तर, मुलुकको बैंकिङ क्षेत्रमै काम गर्ने अठोट लिएका उनले नेपाल फर्केपछि तत्कालीन ग्लोबल बैंकमा सहायक महाप्रबन्धक हुँदै उपमहाप्रबन्धक,सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।

विगत चार महिनादेखि सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका शर्मा पौड्यालसँग बैंकको, वित्तीय अवस्था, आगामी योजना, बैंकले जारी गरेको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र लगायत विषयमा नागरिकका जिपी भण्डारीले गरेको कुराकानीको सम्पादित अंश।

बैंकको वित्तीय अवस्था कस्तो छ ?
बंैकको वित्तीय अवस्था एकदम राम्रो छ। ग्रोथ कतिमा हुने भन्ने कुरा रणनीतिमा भर पर्ने भएकाले सन्तोषजनक छ।बैंकले केही दिनअघि चालु आव ०७६/७७ को पहिलो तीन महिनामा नाफाको विवरण प्रकाशित गरेको छ। बैंकले पहिलो त्रैमासिक अवधिमा नेट नाफा ३७ प्रतिशत बढेको छ।

बैंकले हालसम्म ७४ अर्ब कर्जा लगानी गरेको छ भने८१ अर्ब निक्षेप संकलन भएको छ। बैंकका एक सय २२ वटा शाखा कार्यालय र एक सय ४० वटा एटिएम छन्। ३८ वटा शाखारहित कार्यालय छन्। त्यसैगरी,बैंकको चुक्ताँ पुँजी आठ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।बैंकका हाल करिब ६ लाख ग्राहक पुगेका छन्।

बैंकले गत वर्ष १० प्रतिशत बानेस सेयर वितरण गरेको छ। सेयर लगानी गर्नेहरुले बजार भाउ अनुसार प्रतिफल पाएको ठान्नुहुन्छ ?

बैंकले हाल लगातीकर्तालाई झण्डै १६ प्रतिशतको प्रतिफल दिइरहेको छ। यो अहिलेको अवस्था अनुसार राम्रो प्रतिफल हो। पुँजी वृद्धिसँगैबैंकलाई नाफाको अनुपात ‘मेन्टृन’ गर्न हम्मे हम्मे परेको छ।

बैंकले हाल संकलन गरिरहेको निक्षेप, कर्जा, लगानी र नाफामा तपाईं सन्तुष्ट हुनुहुन्छ ?
त्यस्तो असन्तुष्ट छैन। तर सन्तुष्ट भएर बस्ने अवस्था पनि नभएकाले अझै उत्कृष्ट सेवा प्रदान गर्न ठोस रणनीति लिई अगाडि बढ्ने योजनामा छाैं।बैंकको बचतमा संकुचन भएकाले आगामी दिनमा वृद्धि गर्दै लैजाने योजनामा हामी रहेका छौं।

बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव छ भनिन्छ, तर बर्सेनिबैंकहरुले लगानी बढाइरहेका छन्, प्रतिफल पनि बढेको छ। के हो वास्तविकता?

वाणिज्य बैंकको चार गुणा वृद्धि सँगसँगै विक्रम सम्वत २०७२ सालको भूकम्पपछि मुलुकको अर्थतन्त्रसँगै बैंकिङ क्षेत्रमा पनि नकारात्मक असर परेको छ। मुलुककाबैंक तथा वित्तीय संस्थाले‘क्रेडिट क्रन्च’को समस्या झेलिरहेको छ। सुस्त अर्थतन्त्र, रेमिट्यान्समा उतारचढाव, बचतमा वृद्धि हुन नसक्नु, आर्थिक वर्षको अन्तिममा बजेट खर्चगर्ने परिपाटी लगायत कारण मुलुककाबैंक तथा वित्तीय प्रणालीमा अझै केही वर्ष क्रेडिट क्रन्च हुन सक्छ।बैंकको चार गुणा चुक्ता पुँजी वृद्धि भएकाले त्यही अनुपातमा नाफा गर्न सम्भव छैन। अहिलेको अवस्थामा बैंकहरुले उपलब्ध गराइरहेको प्रतिफल सन्तोषजनक छ।

बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा छ भनिन्छ नि?
बंैक तथा वित्तीय संस्थाबीच अवस्थ्य प्रतिस्पर्धा भएपनिबैंक तथा वित्तीय संस्थाले क्षमताभन्दा बढी बचत र कर्जाको स्रोत परिचालन गर्न सक्नु प¥यो। अहिले उल्टो छ। बजारमा ऋणको माग काफी छ तर बचतको स्रोत पर्याप्त छैन। जसले गर्दा बैंकको सिसिडी रेसियो टाइट छ।

वाणिज्य बैंकहरुले ब्याजदरमा सिन्डिकेट लागू गरेको आरोप छ। मुद्दती  निक्षेपमा १०.५प्रतिशतभन्दा बढी ब्याज दिन नपाइने सहमतिबनेको छ भनिन्छ, के हो यो ?

मुलुकको अर्थतन्त्रमा बैंकहरुको ठूलो भूमिका हुन्छ। विषत एक वर्षको अनुपात हेर्ने हो भने ९.५ प्रतिशत ब्याज चलिरहेको छ।दुई–तीन वर्षअघि १२ प्रतिशतसम्म पनि ब्याजदर पुगेको थियो। त्यो बेलापनि हामीले अर्थतन्त्रलाई बचाउन ब्याजको रेट राखौं भनेको हौं। लगानीकर्तालाई लगातार उच्च प्रतिफल दिन सक्ने गरी यो ब्याजदर निर्धारण भएको हो । सिन्डिकेट भने लागू भएको होइन। मुलुकको अर्थतन्त्रमा समस्या आउन नदिने, उद्योगी व्यवसायीलाई अगाडि बढनलाई सहयोग होस् भन्ने हाम्रो उद्देश्य हो।

सरकार र राष्ट्रबैंकले दिएका निर्देशन बेलाबेलामा बैंकहरुले नमानेको देखिन्छ। सहुलियत कर्जा, विपन्न वर्ग कर्जा, कृषि कर्जा निर्देशन अनुरुप लगानी नगर्ने बरु पेनाल्टी तिर्न बैंक तयार हुन्छन्। किन?
केहीहदसम्म यो कुरा सत्य हो। तर,बैंकहरुले दुर्गम तथा पिछडिएका क्षेत्रमा गई बैंकिङ सेवा दिन सरकारले वातावरण बनाउनुपर्छ। पूर्वाधार विकास लगायत आधारभूत कुरा पु¥याउन सके पो सेवा दिन हरेक संस्था त्यहाँ जान्छन्। हामी दुर्गम र पिछडिएका क्षेत्रमा गई काम गर्न चाहान्छौं। तर त्यसको लागि आधारभूत आवश्यकता पु¥याइदिनुपर्छ।

बैंकले कुनकुन क्षेत्रमा कर्जा लगानी गरेको छ ?
हामिले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छाैं। जसमध्ये कृषिमा १२ प्रतिशत पुगेको छ। राष्ट्रबैंकको निर्देशन अनुसार कुल कर्जाको १० प्रतिशत कृषिमा लगानी गर्नुपर्ने भएपनि हामी १५ प्रतिशत पु-याउने योजनामा छाैं। नेपाल कृषिप्रधान देश हो। त्यही भएर हामीले कृषि क्षेत्रमा कर्जा बढाउने योजना बनाएका छाैं। कृषकको उत्थान भए देशको विकास हुने हो।

त्यसैगरी, बैंकले तीन प्रतिशत विपन्न वर्ग कर्जा वितरण गरेको छ। कुल कर्जाको पाँच प्रतिशत यसमा लगानी गर्नुपर्ने भएपनि बैंकले हालसम्म आफैं तीन प्रतिशत कर्जा लगानी गरेको हो। अरु संस्थालाई कर्जा दियो भने महँगो पर्ने, झन्झटिलो प्रक्रिया हुने भएकाले हामी आफैंले कर्जा दिँदै आएका छाैं।बैंकले ऋणीलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी दिँदै आएको छ।

सनराइज बैंकबाट लगानीकर्ताले अबका दिनमा कस्तो अपेक्षा राख्न सक्छन् ? बैंकको भाबी योजनाबाट प्रतिफल कस्तो दिने योजनामा हुनुहुन्छ ?
बैंकले अघिदेखि नै लगातार उच्च प्रतिफल दिँदै आएको छ।बैंकको ‘कर्पाेरेट गभर्नेन्स, कर्पाेरेट संस्कृति उत्कृष्ट छ। केही दिनअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सनराइज बैंकलाई उत्कृष्ट घोषणा गरेको छ। आगामी दिनको उच्च प्रतिफलमा हरेक दिन प्रयास गरिरहेका छौं। त्यही भएर ढुक्क भएर लगानी गर्न अनुरोध गर्दछु।

बैंकको ऋणपत्र खरिद किन गर्ने ?सात वर्षपछि लगानी फिर्ता हुने आधार के छन्?
सुरक्षा र प्रतिफलका हिसाबलेबैंकको ऋणपत्रमा लगानी गर्नु यो उत्तम समय हो। यो एउटा निश्चित अवधिका लागि लागूहुने र बैंक तथा वित्तीय संस्थाले हाल प्रदान गरिरहेको ब्याज दरभन्दा बढी ब्याज दिएका छाैं।

सर्वसाधारणले ऋणपत्रमा लगानी गर्दा हरेक ६ महिनामा ब्याज पाँउछन्। नेप्सेमा सूचीकरण हुने भएकाले पैसा अड्कियो भन्ने पनि हुँदैन्। ऋणपत्र बजारमा खरिद–बिक्री गर्न सकिन्छ। बीचमै ऋण चाहियो भने अन्यबैंकबाट ऋण लिन सकिन्छ। ऋणपत्रमा लगानी गर्नु भनेको सुरक्षित लगानी गर्नु हो। यो योजना सात वर्षका लागि हो। त्यही भएर यो अवधिमा ब्याज बढ्ने सम्भावना पनि छैन।बैंकले हरेक वर्ष २० प्रतिशत डिबेन्चर रिडिम्सन रिजर्भ राख्छ। त्यही फन्डबाट हामीले भुक्तानी दिने भएकालेबैंकका ऋणपत्र खरिद गर्दा धेरै फाइदा हुन्छ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ। सबै ऋणपत्र बिक्री हुनेमा आशावादी हुनुहुन्छ ?
हाहीले सर्वसाधारणको मनसाय बुझेरै तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गरेका हौं। एक साताको अवधिमा दुई अर्ब रुपैयाँभन्दा बढीको ऋणपत्र बिक्री भइसकेकालेबैंकले जारी गरेको ऋणपत्र अपुग हुने अवस्था छ। यो ग्राहकका लागि ‘हरी अप’को समय हो।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App