१२ असार २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

वर्तमान राजनीति चुनावमा मात्र रुमल्लियो : घनश्याम भूसाल

काठमाडाैं - नेकपा स्थायी कमिटी सदस्य घनश्याम भूसालले आफ्नो पार्टीको वर्तमान सरकारबाट अपेक्षाकृत काम हुन नसकेको स्वीरेका छन्।

नागरिक न्युजको फ्रन्टलाइनमा पत्रकार श्रीराम पाैडेलसँग कुरा गर्दै नेता भूसालले भने, प्रधानमन्त्री स्वयं यो विषयमा सन्तुष्ट छैनन्।’ नेता भूसालले दुई तिहाइको सरकारको कामलाई लिएर वादविवाद गर्नुपर्ने आवश्यकता नै नभएको बताए।

उनले भने, ‘बहुमत सरकारबाट मान्छेले धेरै अपेक्षा गरेका हुन्छन्। तर सरकारको काम र विषयप्रति सपना र यथार्थमा अन्तरविरोध हुन्छन्।

नेपाली राजनीतिमा क्रान्तिपछिको मनोविज्ञानमा समस्या रहेको बताउँदै उनले थपे, ‘हामीले सय वर्षपछि यति ठूलो व्यवस्था (बहुमत)को व्यवस्था ल्यायौं। पहिला यसमा गम्भीर हुनुपर्छ। ठुल्ठूला क्रान्ति पुरा ग-यौं, राजा र पुरानो व्यवस्था फाल्यौं, यो नेपाली राजनीतिमा लामो कोर्स हो। तर, हामीले अबको ५० वर्षपछि कहाँ पुग्छौं, त्यसको छलफल हुन सकेन।’

सामाजिक आन्दोलनमा विचलन देखापरेकाे बताएका भूसालले नेपाली राजनीति चुनावमै रुमल्लिएको बताए। उनले भने, ‘तत्कालीन एमालेमै हुँदा पनि हामी चुनावको गोलचक्करबाट पर हट्न सकेनौं। एकीकरणमा आएको माओवादी पनि यसैमा रुमल्लियो। चुनाव नै महत्वपूर्ण भयो।’

एमाले र माओवादी एक भएपछि अबको बाटो के हुने भन्नेबारे तय हुन नसकेको उनले बताए। भने, ‘पार्टी र देश सुधार्न आफैं लाग्नुपर्छ। मेरो पार्टी म आफैंले बनाउने हो, मै चिन्तित हुने हो। देउवाले बताइदिने होइन, मधेसीले बनाइनेदिने पनि होइन, न त भारतले बनाइदिन्छ।

कार्यक्रममा उनले देशको विकासमा सोच्ने बेला आएको बताए। उनले भने, ‘धेरैे हण्डर खाएर बनेकाे यो नेपालमा साँच्चै सोच्ने बेला आएको छ।'

दलाल पुँजीवाद, नकमाएको पुँजी मात्र खाने, कर छल्ने, राज्य लुट्नेहरुलाई राज्यले रुपान्तरण गर्नुपने उनकाे भनाइ थियाे। यसका लागि उनले आफैंबाट सुरु गर्ने बेला आएको बताए। नेपालमा राजाको अन्तिम समयमा बनेको दलाल पुँजीवादको शासन कांग्रेसले बलियो बनाएकाे आरोप लगाउँदै उनले ती खराब मान्छेले जितिरहेको बताए।

प्रकाशित: २५ वैशाख २०७६ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App