५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

प्रतिस्पर्धा भएमात्र सर्वसाधारणलाई उत्तम सेवा

अभिजित घोष: नायब प्रमुख कार्यकारी अधिकृत /लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल) लिमिटेड

विगत २७ वर्षदेखि बिमा क्षेत्रमा कार्यरत अभिजित घोष दस्तिदार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)का कार्यकारी निर्देशक हुन्। भारतीय बिमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डियाको केन्द्रीय कार्यालय र शाखा कार्यालयमा काम गरेको अनुभव रहेको दस्तिदार साढे तीन वर्षदेखि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको कार्यकारी निर्देशकमा रुपमा कार्यरत छन्।
भारत र नेपालका बिमा कम्पनीमा रहेर काम गर्दाको अनुभव, कम्पनीका आगामी योजना, कम्पनीले छोटो सयममा हासिल गरेको सफलता, बिमा क्षेत्रका समस्यालगायत विषयमा कार्यकारी निर्देशक अभिजित घोष दस्तिदारसँग नागरिकका विष्णु बेल्वासेले गरेको कुराकानी:

लामोसमयदेखि बिमा क्षेत्रमा कार्यरत हुनुहुन्छ। भारत र नेपालमा काम गर्दाको अनुभव कस्तो छ ?
बिमा क्षेत्रमा २७ वर्षदेखि काम गर्दै आएको छु। लाइफ इन्स्योरेन्स कर्पाेरेसन अफ इन्डियामा लामो समय विभिन्न तहमा सेवा गरेपछि म काठमाडांैमा आएको हँु। यहा आएको पनि साढे तीन वर्ष भयो। हाम्रा लागि ग्राहक नै राजा हुन् (कन्जुमर इज किङ) हुन्। त्यही मन्त्रलाई जप्दै अगाडि बढेका छौं। भारतमा करिब ३० प्रतिशत नागरिकले बिमा गरेको अनुमान गरिएको छ। नेपालमा १५ प्रतिशत नागरिकले बिमा गरेका छन्। नेपालका अझै ८५ प्रतिशत नागरिकसँग बिमा पुगेको छैन। ती नागरिकमा बिमा पु¥याउने काम गरिरहेका छौं।

१९ जीवन बिमा कम्पनीबचि तीव्र प्रतिस्पर्धा छ भनिन्छ नि ?
यो सत्य कुरा हो। प्रतिस्पर्धा हुनु राम्रो हो। बिमा कम्पनीबीच हिजो पनि तीव्र प्रतिस्र्धा थियो। आज पनि छ र भोली पनि प्रतिस्पर्धा हुनेछ। आमनागरिकसँग गाडी, टेलिभिजन खरिद, सपिङ्लगायतका लागि रमाइलो गर्नका पैसा छ। तर, भबिश्य सुनिश्चित तथा निरन्तर आम्दानीका लागि लगानी गर्न तयार हुन सकेका छैनन्।  

बिमा क्षेत्रको पहुँच विस्तार गर्न कस्तो पहल गर्दै हुनुहुन्छ ?
यसमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ। सरकारले प्रोत्साहन दिने र व्यवसायीले उत्कृष्ट सेवा दिने वातावरण तयार गर्नुपर्छ।

जीवन बिमा क्षेत्रमा नियामक निकाय बिमा समितिको भूमिकलाई कसरी लिनु भएको छ ?
बिमा समितिको काम नियामक गर्ने मात्र होइन। बिमा कम्पनीको विकास गर्ने पनि हो। बिमा समितिले जीवन बिमा कम्पनीलाई काम गर्न सहज वातावरण बनाएको छ। हरेक निर्णय समयमै लिइ काम गर्न सहज हुने वातावरण बनेको छ।

बिमा गरेर के गर्ने ? दाबी भुक्तानीमा वर्षाै समय लाग्छ भन्ने गरिन्छ नि ?
बिमा कम्पनीको सबैभन्दा महŒवपूर्ण काम भनेको दाबी भुक्तानी गर्नु हो। हाम्रो उद्देश्य पनि पीडितलाई दाबी भुक्तानी समयमै प्रदान गर्ने हो। हाम्रो कम्पनीको अहिले एउटा पनि दाबी भुक्तानी विचाराधीन अवस्थामा छैन। बिमा गर्ने भनेकै समस्या पर्दा सहुलियत होस् भनेर नै हो। त्यसैले हाम्रो उद्देश्य भनेको यदि झुटा दाबी हो भने त्यो बेग्लै कुरा हो। तर, दाबी साँचो हो भने सक्दो चाँडो भुक्तानी गर्नुपर्छ र हामीले गर्दै आएका पनि छौं।

झुटो दाबीहरु कति आउने गरेका छन् ?
कहिलेकाँही झुटा दाबी पर्ने गरेका छन्।

मुलुकमै पहिलो पुनर्बिमा कम्पनी सञ्चालनमा आएको छ। यसले बिमा क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
हाम्रा लागि सबैभन्दा गर्वको कुरा मुलुकमै पुनर्बिमा कम्पनी सञ्चालन हुनु हो। यसले गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनी उत्साहित भएका छन्। अर्काे फाइदा भनेको पुनर्बिमा कम्पनीमार्फत बाहिर गइरहेको पुँजी यतै रोकिएको छ। साथै दाबी भुक्तानी चाँडै भइरहेको छ।

बिमा क्षेत्रमा अस्वस्थ प्रतिपस्र्धा चलिरहेका बेला एलआइसीले कसरी काम गरिरहेको छ ?
हरेक क्षेत्रमा प्रतिस्पर्धा हुनुपर्छ र बिमा क्षेत्रमा पनि त्यही भइरहेको छ। प्रतिस्पर्धा भयो भने मात्र सर्वसाधारणले उत्तम सेवा पाउँछन्। कम्पनीले हरेक वर्ष भारतलगायत मुलुकबाट बिमा क्षेत्रमा विख्यात व्यक्तिलाई बोलाई कर्मचारी तथा बिमा अभिकर्तालाई तालिम प्रदान गर्दै आएको छ। एलआइसी नेपालमा केबल नाफा मात्र कमाउन आएको होइन। सर्वसाधारणका घरदैलोमा गई जीवन बिमा सम्बन्धी सेवा दिन आएका हौं र त्यो हामीले गर्दै आएका छौं।

सरकारी तथा निजी क्षेत्रका बिमा कम्पनीको सँगसँगै प्रतिस्पर्धा गरेर काम गर्दाको अनुभव कस्तो छ ?
अहिलको युग भनेको उच्चतम सेवाको युग हो। हामीले प्रदान गरेको सेवा नै सर्वसाधारणले हामीलाई विश्वास गर्ने आधार हो। हामीले संकलन गरेको प्रिमियम यहीँ लगानी गर्दै आएका छांै । नेपालमा काम गर्दा सर्वसाधारणबाट अपार माया पाएका छौं।

कम्पनीको हालसम्म सबैभन्दा बढी सफल भएको बिमालेख कुन हो ?
सर्वसाधारणले कम्पनीका सबै बिमालेख उत्तिकै रुचाएका छन्।

एलआइसीका कति शाखा छन् र थप शाखा विस्तार गर्ने योजना के छ ?
अहिलेसम्म ६० शाखा सञ्चालनमा छन्। चालु आर्थिक वर्षभित्र एक सय दुई शाखा पु¥याउने योजनाअनुसार काम गरेका छौं। कम्पनीले प्रत्येक नेपाली नागरिकको जीवन बिमा गरी भविश्य सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

बिमा क्षेत्र करिब १५ प्रतिशत जनताको पहुँचमा सीमित छ। व्यापक रुपमा विस्तार हुन नसक्नुको कारण के हो ?
केही सीमित मान्छेको हातमा पैसा भएका कारण बिमा क्षेत्र विस्तार हुन नसकेको हो। अर्काे चुनौती भनेको सर्वसाधारणमा बिमा सम्बन्धी जनाचेतना नहुनु पनि हो।

हिजोमात्र नयाँ बिमा योजना ल्याउनु भएको छ। त्यसबारे तपाईंको भनाइ के छ ?
धन वृष्टि (धनफिर्ता) योजना ल्याएका छौं। आजका दिनमा हामीले हरेक कुरामा छिट्टै प्रतिफलको चाहना राख्छौं। घरमा सयम खर्च गरी खाना पकाएर खानुभन्दा होटलमा पैसा खर्च गरी खान रुचाउँछौ। क्यामराबाट फोटो खिचाएर धेरै समयपछि धुलाउनु पर्ने विगतलाई तत्काल हेर्न मिल्ने प्रविधिले प्रतिस्थापन गरिसकेको छ। पाँचदिने टेस्ट क्रिकेट खेलसमेत टि–२० मा परिवर्तन भइसकेको छ। त्यसैगरी, सबै वित्तीय उद्देश्य पनि परिवर्तन भइरहेका छन्। यस्तै परिवर्तन र तपाईंहरुको चाहनालाई मध्यनजर गर्दै एलआइसी नेपाल स–गौरवका साथ प्रत्येक तीन–तीन वर्षमा धनफिर्ता हुने धन वृष्टि योजना ल्याएको छ। यो बिमा योजनामा १३ देखि ६० वर्षसम्मका व्यक्तिले बिमा लिन सक्ने छन्। १० र १५ वर्ष अवधिको बिमा छनोट गर्न सकिने छ। बिमा शुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक तरिकाबाट भुक्तानी गर्न सकिने छ। न्यूनतम एक लाख बिमांकदेखि बिमा लिन सकिने छ। त्यसमा आकर्षक बोनस प्रतिफल पाउने छन्। अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभ उपलब्ध हुने छ।

प्रकाशित: २९ चैत्र २०७५ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App