रुसी प्रतिद्वन्दीलाई हराउँदै किम बने इन्टरपोल अध्यक्ष
रुसी प्रतिद्वन्दीलाई पराजित गर्दै दक्षिण कोरियाका किम जोङ–याङ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को अध्यक्षमा निर्वाचित भएका छन्।
रुसी प्रतिद्वन्दीलाई पराजित गर्दै दक्षिण कोरियाका किम जोङ–याङ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को अध्यक्षमा निर्वाचित भएका छन्।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गरेका छन्।
यमनमा तीन वर्ष यता भएको द्वन्द्वका कारण कुपोषणमा परी ५ वर्ष मुनिका करिब ८५ हजार बालबालिकाको निधन भएको हुन सक्ने एक प्रमुख दातृ संस्थाले बताएको छ।
बलिउड सुपरस्टार अमिताभ बच्चनले आफ्ना देशका किसानहरूको ऋण तिरिदिएका छन्। करिब ५ लाख ६० हजार अमेरिकी डलर बराबरको किसानको ऋण बैंक अफ इण्डियामार्फत चुक्ता गरेको उनले बताएका छन्।
दक्षिणी सीमाबाट अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई राजनीतिक शरण नदिने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई देशको एकजना संघीय न्यायाधीशले रोकिदिएका छन्।
इन्डोनेसियाको राष्ट्रिय निकुञ्जको किनारामा भेटिएको एउटा मृत स्पम ह्वेलको पेटमा ६ केजी प्लास्टिक फोहोर भेटिएको अधिकारीहरुले बताएका छन्।
जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ। गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो।
अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ। मुस्लिम धर्मका गुरु पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन राजधानी काबुलस्थित उरानस हलमा भेला भएका धार्मिक नेतालाई लक्षित गर्दै बम विस्फोट गराइएको यहाँको गृह मन्त्रालयले जनाएको छ।
साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारले विद्रोहीसँग वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ।
क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खशोग्जीको हत्याको श्रव्य टेपबारे आफूले नसुन्ने बताएका छन्। त्यो श्रव्य सामग्री निकै “पीडादायी र हिंसात्मक” भएको उनले बताएका छन्। साउदी अरेबिया सरकारका कटु आलोचक अर्थात् अमेरिकी पत्रिका ‘द वासिङ्टन पोष्ट’ का स्तम्भ लेखक खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।
संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन्। यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताए।
अफगानिस्तानका लागि अमेरिकी विशेष दूतले विद्रोही तालिबानसँग सन् २०१९ को अप्रिल महिनामा शान्ति सम्झौता हुनसक्ने बताएका छन् । अमेरिकी विशेष दूत जाल्मे खालिलजादलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमका आइतबार यस्तो उल्लेख गरेका हुन्।
पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ। सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ।
श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्ति सङ्घर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरुलाई वार्ताका लागि आमन्त्रण गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुगेका छन्।
भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ। प्रकोप व्यवस्थापन सम्वन्धी निकायका उच्च अधिकारीहरुले शक्तिशाली आँधीका कारण अरु पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा देशैभर आयोजना गरिएको चक्काजाममा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
पत्रकार जमाल खसोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानले नै आदेश दिएको अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले अनुमान गरेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन्। माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउसो माल्दिभ्स गएका हुन्। माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन्।
अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।
कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरू जातीय नरसंहारमा दोषी भेटिएको छ ।