१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफोर्निया डढेलोमा मृतकको संख्या ७७ पुग्यो

फाइल तस्बिर

प्याराडाइज(अमेरिका)– क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको त्यहाँका अधिकारीले जानकारी दिएका छन्। 

उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि सुरु भएको डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन। यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १ हजार २०० भन्दाबढी भएको बताइएको थियो। तर यो संख्या ९९३ मात्र भएको काउन्टी प्रहरी अधिकारीद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका छन् भने विस्थापित हजारौं मानिस अस्थायी शिविरमा रहेका छन्।

प्रकाशित: ३ मंसिर २०७५ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App