१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यालिफाेर्निया अागलागी : ज्यान गुमाउनेकाे संख्या ७१ पुग्याे

काठमाडाैं - अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागी भएको शनिबार नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भैसकेका छन्।

अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने हराइरहेका अन्य व्यक्तिहरुको खोजिकार्य जारी रहेको उनीहरुले जानकारी दिएका छन्। क्यालिफोर्निया राज्यको इतिहासमै सबैभन्दा घातक रहेको आगलागीले १ सय ४२ हजार एक्कड क्षेत्रफलमा रहेका घर तथा बजारहरु नष्ट गरेको छ भने उक्त क्षेत्रबाट करिब ४७ हजार मानिसलाई उद्धार गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार उक्त क्षेत्रको भ्रमणमा जाने बताइएको छ।

प्रकाशित: १ मंसिर २०७५ ०८:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App