नेतृ सुकीलाई दिएको सम्मान फिर्ता
सन् १९६० मा विश्व विद्यालयले म्यानमार नेतृ आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता गर्ने निर्णय विश्व विद्यालयले गरेको छ ।
सन् १९६० मा विश्व विद्यालयले म्यानमार नेतृ आङ साङ सुकीलाई दिएको सम्मान फिर्ता गर्ने निर्णय विश्व विद्यालयले गरेको छ ।
राजकुरमा ह्यारीले विवाह गर्ने भएका छन्। उनले आफ्नी अमेरिकन प्रेमिका मेघान मार्कलसँग अर्को वर्ष बिहे गर्न लागेका हुन्। सोमबार बेलायती राजदरवारले विज्ञप्ती जारी गर्दै राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मार्कल विवाह बन्धनमा बाँधिन लागेको जनाएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनसम्बन्धी पुस्तकको दोस्रो खण्ड अनुवाद गरि प्रकाशन गर्न नेपालसहित १६ देशका मुख्य प्रकाशन गृहको संस्था फरेन ल्याङ्ग्वेज प्रेस (एफएलपी) सँग सम्झौता भएको छ ।
चीनको जियाङबी जिल्लामा रहको एक कारखानामा बिस्फोट भएको छ । उक्त बिस्फोटका कारण आसपासका भवनहरु भत्किएका छन् ।
धेरैका लागि रोर्बट मुगाबे एउटा नायकका रूपमा रहिरहेन छन्, जसले जिम्बावेलाई स्वतन्त्र बनाउँदै अल्पसंख्यक श्वेतहरूको शासनलाई सधैंका लागि समाप्त गरिदिए । जसले उनलाई शक्तिबाट पर हुत्याए तिनले पनि मुगवोलाई भन्दा पनि उनकी पत्नी ग्रेस मुागबे र उनको आसपासको ‘अपराधी’ लाई दोष दिन्छन् ।
भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा गत साता मारिएका पत्रकार सुदीप दत्त भौमिकको हत्या भ्रष्टाचारसम्बन्धी समाचार लेखेको कारणले भएको बताइएको छ ।
उत्तरी इजिप्टमा रहेको एक मस्जिद आक्रमणमा परी २३५को मृत्यु भएपश्चात् इजिप्टमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। इजिप्टको उत्तरी क्षेत्रमा पर्ने सुफी मस्जिदमा आतंककारी समूहले आक्रमण गरेकोे थियो । इजिष्टको राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा घाइते हुनेहरूको संख्या १०९ थियो।
उत्तरी इजिप्टको सियानी क्षेत्रको एउटा सुफी मस्जिदमा भएको आक्रमणमा कम्तिमा २३५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय मिडियाका अनुसार घटनामा १०९ भन्दा बढी घाइते भएका छन्।
लण्डनको भूमिगत अक्स्फोर्ड सर्कस ट्युब स्टेशन सुरक्षाकर्मीले बन्द गराएका छन्। साे ठाउँमा सुरक्षाकर्मीले आतंककारीमाथि जवाफी फायरिङ गरेजस्तो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन्।
श्रीलङ्काको दक्षिणी क्षेत्रमा धार्मिक समूहबीच भएका झडपका कारण थप हिंसा हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले यहाँका प्रहरी प्रमुखलाई प्रभावित दक्षिणी गाल जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको थियो।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ। शुक्रबार बिहान सबेरै कान्दाहार प्रान्तको शहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको समाचारमा जनाइएको छ।
विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।
अमेरिकी टेलिभिजन पत्रकार ७५ वर्षीय चार्ली रोजले ८ महिलाहरूलाई यौन दुर्व्यवहार गरेकाे अाराेप लागेपछि गरेकोमा निलम्बन गरिएको छ । अमेरिकाको प्रख्यात टेलिभिजन च्यानल सिबिएसमा कार्यरत्त उनीमाथि ८ महिलाहरूलाई यौन शोषण गरेको आरोप लागेको छ। द वासिङटन पोष्टमा प्रकाशित एक लेखका अनुसार उनीमाथि यौन उत्पीडनको आरोप लागेको हो । ८ महिलाहरू मध्ये केही उनका पूर्व कामदार रहेको वासिङटन पोष्टमा उल्लेख गरिएको छ । उनले जथाभावी रूपमा ती महिलालाई छुने गरेको समेत खुलेको छ ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन्।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले मङ्गलबार गरेको कारबाहीको क्रममा एघार आतङ्ककारी मारिएका छन्।
उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्। यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए।
दुई साता अगाडि साउदी अरेबियाबाट नै राजीनामाको घोषणा गरेका लेबनानका प्रधानमन्त्री साउद हरिरि स्वदेश फर्किएका छन्। लेबनानको राजधानी बेरूत पुग्दा उनको स्वागतमा ठूलो संख्यामा मानिसहरूको घुइँचो लागेको थियो।
भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
अमेरिकाले उत्तर कोरियालाई पुन आतंकवादी मुलुकको सूचीमा राख्ने घोषणा गरेपछि अमेरिकाको उक्त निर्णयलाई जापान, तथा दक्षिण कोरियाले स्वागत गरेका छन्।
भारतको दक्षिणूर्वी राज्य त्रिपुरामा एकजना भारतीय पत्रकारको हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। प्राप्त समाचारअनुसार सो राज्यमा मङ्गलबार एउटा रष्ट्रिय दैनिक पत्रिकामा कामगर्ने पत्रकारको गोलीहानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।
जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेले पदबाट राजीनामा दिएका छन् । ‘राष्ट्रपति मुगावेले पदबाट राजीनामा दिएका छन्,’ जिम्बावे संसद्का सभामुख ज्याकोव मुडेन्डालाई उल्लेख गर्दै बिबिसीले जनाएको छ।
१९ वर्षीया अमेरिकी मोडल गिसेलाले २९ लाख अमेरिकी डलरमा कुमारीत्व बिक्री गर्ने घोषणा गरेकी छन् ।
अमेरिका र दक्षिण कोरियाका आणविक विज्ञहरूले पुनः आणविक हातहतियार परीक्षण कार्य अगाडि बढाउने बताएका छन्। दक्षिण कोरियाको राजधानी सिओलमा अमेरिकी तथा दक्षिण कोरियाली आणविक विज्ञहरूबीच भेटवार्ता पछि यस्तो निष्कर्ष निकालिएको हो।