साउदीका महिला घरबाहिर काम गर्न पाउने
महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ।
सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले पहिलोपटक जनतालाई सम्बोधन गर्दै आफूले सरकार नछोड्ने बताएका छन्।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताएका छन्।
चीनको राजधानी बेइजिङबाट दक्षिणतर्फ रहेको दाक्सिनमा अवस्थित एउटा घरमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता एक उदाहरण भएको बताएका छन् । गत साता एसियाको भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण आकस्मिक रूपमा स्थगित गरेका थिए ।
सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्रपति पद त्याग गर्नका लागि आग्रह गरेका छन्।
अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १९ जना तालिवान सम्बद्ध सशस्त्र लडाकूहरु मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ।
कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ। अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरूलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ।
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ।
नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्यमध्येमा पर्ने साउदी अरेबियाले आवासीय अनुमति पत्र (इकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध बुधबारबाट धरपकड सुरु गरेको छ। ८५ लाख हाराहारी आप्रवासी रहेको मुलुकले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई दिएको आममाफीको अवधि मंगलबार सकिएपछि बुधबारबाट धरपकड गर्न लागेको हो।
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेलाई घरभित्रै नजरबन्दमा राखी जिम्बाबे सेनाले मुलुकलाई नियन्त्रणमा लिएको छ । सेनाले बुधबार सरकारी सञ्चार माध्यमहरू सैनिक नियन्त्रणमा लिएको थियो । त्यसपश्चात् बिहीबार राष्ट्रपति मुगाबेलाई घरमा नजबन्द गरी सैनिक शासन चलाएको हो ।
लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।
समलिंगी विवाहबारे भएको जनमत संग्रहमा करिब ६३ प्रतिशत मत विवाहको पक्षमा देखिएपछि अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिंगी विवाहबारे नयाँ कानुन निर्माणका लागि अस्टे«लियामा जनमत संग्रह भएको थियो ।
जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्। जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।
स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले प्रदर्शन गरेका छन्।
आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।
७.३ रेक्टर स्केलको भूकम्प गएलगत्तै इरानका भूकम्प पीडितहरू आश्रयको खोजीमा हिँडेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । गत आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेहरूको ४ सय नाघिसकेको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।
चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्। दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।
इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।