लिओनार्दो दा भिन्चीको तस्बिर ४५ अर्ब बढी रुपैयाँमा बिक्री
लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
लिओनार्दाे दा भिन्चीले बनाएको क्राइष्टको तस्बिर ४५० मिलियन अमेरिकी डलर (४५ अर्बभन्दा बढी)मा बिक्री भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनको घोर अपमान गरेको भन्दै उत्तर कोरियाली सञ्चार माध्यमहरूले राष्ट्रपति ट्रम्पप्रति आक्रोश व्यक्त गरेका छन्।
समलिंगी विवाहबारे भएको जनमत संग्रहमा करिब ६३ प्रतिशत मत विवाहको पक्षमा देखिएपछि अष्ट्रेलियामा समलिङ्गी विवाहले कानुनी मान्यता पाउने भएको छ । समलिंगी विवाहबारे नयाँ कानुन निर्माणका लागि अस्टे«लियामा जनमत संग्रह भएको थियो ।
जिम्बाबेका सरकारी सेनाले सरकारी क्षेत्रबाट सञ्चालित रेडियो तथा टेलिभिजनलाई नियन्त्रणमा लिएका छन्। जिम्बाबेको राजधानी हरारे नजिकै बम विष्फोटनको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।
बेलायती प्रधानमन्त्री थेरेसा मेले रुसमाथि हालसम्म कै सबैभन्दा कडा प्रतिक्रिया दिँदै विभिन्न देशका निर्वाचनमा रुसले हस्तक्षेप गरेको र साइबर जासुसी गरिरहेको आरोप लगाएकी छिन् । बेलायतको राजधानी लन्डनमा सोमबार साँझ आयोजना भएको उद्योगी व्यवसायीहरुको एउटा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारले स्वतन्त्र समाजलाई कमजोर पार्न प्रयास गरेको आरोप लगाएकी छिन् । ‘उनीहरुले पश्चिममा जगतमा मतभेद सिर्जना गर्न गलत समाचार फैलाइरहेका छन्’ सम्बोधनका क्रममा मेले बताइन् । बेलायतले रुससँग कहिले अन्त्य नहुने खालको वादविवाद नचाहे पनि देशको राष्ट्रिय स्वार्थ भने जोगाउने उनले बताइन् । मेको यस्तो भनाइ गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको ठिक विपरित कोणबाट आएको छ । गत साता अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको संलग्नता स्वीकार नगरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइप्रति आफूलाई विश्वास लागेको बताएका थिए।
स्पेनको केन्द्रीय सरकारले थुनामा राखेको स्वतन्त्र क्याटालोनिया पक्षधर नेतालाई रिहाईको माग गर्दै मंगलबार पनि दशौं हजारले प्रदर्शन गरेका छन्।
आइतबार राति इरान र इराकको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा बाँचेका इरानी नागरिकले सहयोगको अपिल गरेका छन्।
७.३ रेक्टर स्केलको भूकम्प गएलगत्तै इरानका भूकम्प पीडितहरू आश्रयको खोजीमा हिँडेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् । गत आइतबार गएको भूकम्पमा परी मृत्यु हुनेहरूको ४ सय नाघिसकेको छ भने ७ हजारभन्दा बढी घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाङ्का ट्रम्पको भारत भ्रमणलाई लक्षित गर्दै भारत सरकारले प्रमुख शहर क्षेत्रमा बस्ने गरेका माग्ने हटाउने अभियान सुरू गरेको छ । माग्नेहरूको संख्या अत्याधिक रहेको भारतको हैदरवाद शहर क्षेत्रका माग्नेहरूलाई हटाउनका लागि भारत प्रहरीले अभियान सुरू गरेको छ ।
चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्। दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।
इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ। उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।
क्याटालोनियाको स्वतन्त्रताका पक्षधर नेताहरूलाई स्पेन सरकारले थुनामा राखेपछि उनीहरुको रिहाईको मागगर्दै दशौँ हजार क्याटालोनियालीले प्रदर्शन गरेका छन्।
दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको ज्यान गएको समाचार छ। गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी अरु कम्तीमा पनि २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।
लिउड हाँस्य अभिनेता रोवान एटिकन्सन उर्फ मिस्टर बिन ६२ वर्षमा तेस्रो सन्तानका पिता बन्ने भएका छन् । बिनकी ३३ वर्षीया पत्नी लुइस फोर्डले केही हप्तामा नै सन्तानलाई जन्म दिने भएकी छिन् । बिन भने यस अघि नै दुई सन्तानका पिता हुन् । बिनकी पहिली पत्नी सुनेत्रा तर्फका २३ वर्षीय छोरा र २१ वर्षिया छोरी छन्।
इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच प्योङयाङको परमाणु अस्त्र कार्यक्रमलाई लिएर फेरि वाक्युद्ध सुरु भएको छ ।
इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो।
इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राखेका इराकी विभिन्न सहरहरुमध्ये अन्तिम अथवा बाँकी रहेको एकमात्र सहर रावा पनि फिर्ता गरिँदैछ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुगेका छन्। यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा रुसी हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपमानित महशुस गरेको बताएका छन्।
इराकको हविजा शहर नजिकै ४०० वटा शव भएको आमचिहान फेला परेको छ । गत महिनासम्म इस्लामिक स्टेटको नियन्त्रणमा रहेको हविजा शहरमा ४०० शव रहेको आमचिहान फेला परेको किर्कुक प्रान्तका गभर्नर राकन सईदले जानकारी दिएका हुन्। उनका अनुसार केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिँदा लगाईदिने पोशाक लगाएको अवस्थामा थिए ।
चीनको सियानस्थित विज्ञहरुको संस्था (थिंक ट्यांक) साङ्सी इन्स्टिच्युट् अफ इनोभेटिभ ट्यलेन्ट डेभलप्मेन्ट्का कार्यकारी निर्देशक प्राध्यापक चाङ होङले चीनको विशाल आयोजना वान बेल्ट वान रोड (ओबिओआर)बाट नेपालले जतिसक्दो धेरै फाइदा लिन सक्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको यो आयोजना र यहाँको समृद्धि नेपालजस्तो छिमेकीका लागि समुद्र नै हो, यसबाट कति पानी उभाएर लिने भन्नेकुरा उसको क्षमता र अग्रसरतामा भरपर्दछ।
एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।