७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपतिको पुस्तक नेपालमा पनि प्रकाशित हुने

बेइजिङ –चिनियाँ राष्ट्रपति सी जिनपिङको शासनसम्बन्धी पुस्तकको दोस्रो खण्ड अनुवाद गरि प्रकाशन गर्न नेपालसहित १६ देशका मुख्य प्रकाशन गृहको संस्था फरेन ल्याङ्ग्वेज प्रेस (एफएलपी) सँग सम्झौता भएको छ । 
सोह्र मुलुकहरुमा नेपाल, इटाली, पोल्याण्ड, युक्रेन, अल्बानिया, रोमानिया, केन्या, ताजिकिस्तान, भियतनाम, पाकिस्तान, बंगलादेश, क्याम्बोडिया, लाओस, मंगोलिया, श्रीलंका र अफगानिस्तान छन् ।
नोभेम्बर ७ मा चिनीयाँ र अंग्रेजी भाषामा प्रकाशित दोस्रो खण्ड ‘सी जिनपिङःचीनको शासन’ पुस्तक फेञ्च, रसियन र स्पेनीश भाषामा पनि रुपान्तर गरि प्रकाशन गर्ने प्रक्रियामा छ । 
यो खण्डमा राष्ट्रपति सीका ९९ वटा महत्वपूर्ण भाषण, अन्तर्वार्ता, निर्देशन र पत्र समावेश गरिएको छ । यसका अतिरिक्त अगष्ट १८, २०१४ देखि सेप्टेम्बर २९ २०१७ सम्मका २९ वटा तस्विर पनि राखिएको सो पुस्तकका आलेख १७ शीर्षकमा विभाजन गरि अतिरिक्त टिप्पणी पनि समावेश गरिएको छ । 

सी को पुस्तकले शान्ति र विकासको प्रवर्द्धन गरि मानवजातीको साझा भविष्य निर्माण गर्न समुदायको विकासका लागि चीनको ज्ञान र समाधान बारे जानकारी दिन्छ ।

‘चिनिया जनतालाई एकीकृत गरि नेतृत्व प्रदान गर्दै चीनको मौलिक स्वरुपको समाजवाद विकास र त्यसको जगेर्ना गरि मुलुकलाइ नयाँ युगमा प्रवेश गराउन राष्ट्रपति सी सँग र चिनीया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको गरेको अभ्यास पुस्तकले चित्रण गर्छ’, एफएलपीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सी को पुस्तकले शान्ति र विकासको प्रवर्द्धन गरि मानवजातीको साझा भविष्य निर्माण गर्न समुदायको विकासका लागि चीनको ज्ञान र समाधान बारे जानकारी दिन्छ ।’
नयाँ पुस्तकले अन्तर्राष्ट्रिय समुदायलाइ सीको विचार, पथ, सिद्धान्त, व्यवस्था र चिनियाँ चरित्रको समाजवादबारे थप जानकारी हासिल गर्न सहयोग गर्नेछ । सन् २०१४ मा प्रकाशित पहिलो खण्ड ‘सी जीनपिङः चीनको शासन’ २४ भाषामा अनुवाद गरिएको थियो । पहिलो खण्ड ६६ लाख प्रति बिक्रि भएको थियो । (सिन्हवा)

प्रकाशित: ११ मंसिर २०७४ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App