अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र युक्रेनबीच युद्धविराम गराउन अगस्ट १५ मा भेट्ने कार्यक्रम छ।
यो बैठकअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनले युद्धविरामको नाटक मात्र गरिरहेको र त्यसको लागि केही नगरेको आरोप लगाएका छन्।
'आज गुप्तचर तथा सैन्य कमाण्डबाट पुटिनले के तयारी गरिरहेका छन् भन्ने विवरण प्राप्त भएको छ। यो स्पष्ट छ कि पुटिनले युद्धविराम वा युद्धको अन्त्यको लागि तयारी गरिरहेका छैनन्,' जेलेन्स्कीले एक्समा लेखेका छन्।
उनले भने, 'पुटिन अमेरिकासँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयको रूपमा प्रस्तुत गर्न चाहन्छन् र त्यसपछि युक्रेनमाथि पहिले जस्तै दबाब जारी राख्न चाहन्छन्।'
ट्रम्प र पुटिन यो साता शुक्रबार भेट्ने कार्यक्रम छ। ट्रम्पले यस भेटघाटमा युक्रेनको केही भाग रुसबाट फिर्ता लिने प्रयास गर्ने बताएका छन्।
प्रकाशित: २७ श्रावण २०८२ १२:२७ मंगलबार





