३ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन्।  

चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताए।  

एआइले मानवको भविष्यमा ठुलो असर पार्ने बताउदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताए । चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको बताए।  

उनले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन–केन्द्रित एआइ  पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ।   

प्रकाशित: ३ असार २०८३ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App