ग्रीनल्यान्डलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका धम्कीहरूमा चीनले प्रतिक्रिया जनाएको छ। चीनले अमेरिकालाई आफ्ना स्वार्थ पूरा गर्न तथाकथित ‘चिनियाँ खतरा’लाई बहानाका रूपमा प्रयोग गर्न बन्द गर्न आग्रह गरेको छ। सोमबार चीनको विदेश मन्त्रालयका प्रवक्ताले यो कुरा बताएका हुन्।
प्रवक्ता गुओ जियाकुनले प्रेस ब्रिफिङमा भने, ‘संयुक्त राष्ट्रसंघको चार्टरका उद्देश्य र सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय कानुन नै वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको आधार हो, र यसलाई कायम राखिनुपर्छ।’
राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणासम्बन्धी प्रश्नको जवाफ दिँदै गुओले उक्त टिप्पणी गरेका हुन्।
ट्रम्पले ग्रीनल्यान्डको विषयलाई लिएर अमेरिकाले फेब्रुअरी १ देखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन्। यदि यस क्षेत्रलाई खरिद गर्ने विषयमा अमेरिकासँग कुनै सहमति नहुने हो भने, जुनको सुरुवातदेखि उक्त ट्यारिफ बढाएर २५ प्रतिशत पु¥याइने पनि ट्रम्पले बताएका छन्। एजेन्सी
प्रकाशित: ६ माघ २०८२ ०९:४१ मंगलबार





