२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्व इतिहासमा आज के भएको थियो ?

डिसेम्बर १९ मा विश्व इतिहासमा संगीत, राजनीति, सिनेमा र साहित्यसँग जोडिएका अनेक  घटनाहरूको स्मरण गरिन्छ। 

फ्रान्सेली संगीत जगतकी गायिका एडिथ पियाफको जन्म डिसेम्बर १९, १९१५ मा पेरिसमा भएको थियो। भावुक चान्सन शैलीकी पियाफका ‘ला भि एन रोज’ र ‘नन, जे ने रिग्रेट रियाँ’ जस्ता गीतले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिएको थियो। जीवनभर संघर्ष र पीडाले भरिएको यात्रापछि पियाफको अक्टोबर १०, १९६३ मा क्यान्सरका कारण निधन भयो। आज पनि उनलाई फ्रान्सकै सबैभन्दा महान् गायिकाको रूपमा स्मरण गरिन्छ।

त्यसैगरी अमेरिकी इतिहास अध्ययनमा योगदान दिने कार्टर जी वुडसन समेत आज जन्म भएको थियो। डिसेम्बर १९, १८७५ मा भर्जिनियामा जन्मिएका वुडसनलाई काला जातिको इतिहासका पिता भनेर चिनिन्छन्। उनले सन् १९२६ मा सुरु गरेको पहल नै आजको ब्ल्याक हिस्ट्री बनेको छ। हार्वर्ड विश्वविद्यालयबाट पीएचडी हासिल गरेका वुडसनले अमेरिकी शिक्षा प्रणालीमा अफ्रिकी र अमेरिकी इतिहासलाई स्थापित गराएका थिए। उनको अप्रिल ३, १९५० मा निधन भएको थियो।

एशियाली राजनीतिमा, पार्क ग्युन–हे दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन्। २०१३ देखि २०१७ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी उनी पूर्व राष्ट्रपति पार्क चुङ–हीकी छोरी थिइन्। सन् २०१७ मा उनी महाभियोगपछि पदबाट हटाइने पहिलो लोकतान्त्रिक रूपमा निर्वाचित दक्षिण कोरियाली राष्ट्रपति थिइन्।  

अमेरिकी राजनीतिमा, सन् १९९८ डिसेम्बर १९ मा राष्ट्रपति बिल क्लिन्टनमाथि अमेरिकी प्रतिनिधि सभाले महाभियोग लगाएको थियो। मोनिका लेविन्स्कीसँग सम्बन्ध र त्यससम्बन्धी झुटो बयान तथा न्यायमा अवरोधको आरोपमा उनी महाभियोगको सामना गर्ने दोस्रो अमेरिकी राष्ट्रपति बनेका थिए। यद्यपि, सन् १९९९ फेब्रुअरीमा सिनेटले उनलाई निर्दोष ठहर गर्‍यो।

साहित्यिक इतिहासमा चार्ल्स डिकेन्सको अमर कृति अ क्रिसमस क्यारोल सन् १८४३ मा प्रकाशित भएको थियो। एबेनेजर स्क्रूजको आत्मपरिवर्तनको कथा बोकेको यो उपन्यास आज पनि विश्वकै सबैभन्दा प्रिय क्रिसमस कथामध्ये एक मानिन्छ।

प्रकाशित: ४ पुस २०८२ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App