२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विजयले मुख्यमन्त्रीको सपथ लिएपछि प्रधानमन्त्री मोदीले के भने ?

भारतको तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा सपथ लिए। प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई बधाई दिँदै केन्द्र सरकारले तमिलनाडु सरकारसँग नजिकबाट काम गरिरहने बताए।

प्रधानमन्त्री मोदीले इन्स्टाग्राममा लेखेका छन्, 'तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा सी. जोसेफ विजयलाई बधाई छ। उनको कार्यकालको लागि शुभकामना।'

उनले लेखे, 'केन्द्र सरकारले जनताको जीवन सुधार गर्न तमिलनाडु सरकारसँग काम गरिरहनेछ।'

टिभीकेले विधानसभा चुनावमा २३४ मध्ये १०८ सिट जित्यो। कांग्रेस, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी), भीसीके र इन्डियन युनियन मुस्लिम लीगको समर्थनमा यसले बहुमत हासिल गर्‍यो।

प्रकाशित: २७ वैशाख २०८३ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App