१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

त्रिपक्षीय वार्तामा बस्न तयार छौँ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको त्रिपक्षीय वार्तामा बस्न युक्रेन तयार बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अघि सारेको नयाँ कूटनीतिक पहलमा अमेरिका, युक्रेन र रुसका राष्ट्रिय सुरक्षा सल्लाहकारहरू सहभागी हुने बताइएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा  जेलेन्स्कीले भने,‘यदि राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले दुवै देशका नेताहरूको शिखर वार्ताका लागि आधार तयार गर्छ भने, म यसको विरोध गर्दिनँ। हामी अमेरिकी प्रस्तावलाई समर्थन गर्नेछौं।’

यसैबिच, रुसी विशेष दूत किरिल दिमित्रीभ पनि अमेरिकी अधिकारीहरूसँग वार्ताका लागि मियामीमा छन्। जेलेन्स्कीका अनुसार अमेरिकाले अब राष्ट्रिय सुरक्षा सल्लाहकारको स्तरमा अमेरिका, युक्रेन र रुसबिच त्रिपक्षीय वार्ताको प्रस्ताव गरिरहेको छ।

प्रकाशित: ६ पुस २०८२ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App