३१ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प : मृतकको सङ्ख्या चार हजार पुग्यो

भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ।

गत जुन –२४ मा आएको भूकम्पका कारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु भएको पुष्टि गर्दै १६  हजार ७४० जना घाइते भएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जानकारी दिए।

उनका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ।

यद्यपि उद्धार टोलीहरूले अब जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक सस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरुलाइ भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन्।

पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेकोे आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ।

यसैबीच संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ।

भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जले विदेशमा राखिएको फ्रिज गरिएका सम्पत्ति फिर्ता गर्न आह्वान गरिन्।

प्रकाशित: २७ असार २०८३ ११:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App