२ वैशाख २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वेदान्त पावर प्लान्ट विस्फोट: मृतक संख्या १६ पुग्यो

भारतको छत्तीसगढस्थित शक्ति जिल्लामा रहेको वेदान्त पावर प्लान्टमा भएको बायलर विस्फोटमा ज्यान गुमाउने कामदारको संख्या १६ पुगेको छ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा झन्डै तीन दर्जन कामदार गम्भीर रूपमा जलेका थिए। तीमध्ये नौ जनाको हिजो र बाँकी सात जनाको उपचारका क्रममा मृत्यु भएको हो।

राज्य सरकारले यस घटनाको बारेमा मजिस्ट्रेट जाँचको आदेश दिएको छ। साथै, विपक्षी कांग्रेस पार्टीले पनि आफ्नै अनुसन्धान टोली गठन गरेको छ। हालसम्म मृतकमध्ये चार जनाको मात्र पहिचान खुलेको छ।

पहिचान हुनेहरूमा थन्डाराम, पप्पु कुमार, अमृत पटेल र ब्रिजेश कुमार रहेका छन्। मृतकको शरीर नराम्ररी जलेका कारण अन्यको पहिचान गर्न कठिनाइ भइरहेको प्लान्ट व्यवस्थापनले बताएको छ।

दुर्घटनामा छत्तीसगढका १२ जना सहित कुल ३६ जना कामदार घाइते भएका छन्। घाइते हुने अन्य कामदारहरू बिहार, झारखण्ड र पश्चिम बंगालका हुन्। स्थानीय र पीडित परिवारले पावर प्लान्टबाट धेरै कामदारहरू हराइरहेको आरोप लगाएका छन्।

व्यवस्थापनले उनीहरूको अवस्था र अस्पताल भर्नाबारे कुनै स्पष्ट जानकारी नदिएको भन्दै हिजो रातिदेखि नै प्लान्ट अगाडि विरोध प्रदर्शन भइरहेको छ।

वेदान्त व्यवस्थापनले मृतकका परिवारलाई प्रतिव्यक्ति ३५ लाख भारतीय रुपैयाँ र एक जनालाई जागिर, तथा घाइतेलाई प्रतिव्यक्ति १५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। 

राज्य सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति ५ लाख भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। त्यस्तै, प्रधानमन्त्री राहत कोषले मृतक परिवारलाई प्रतिव्यक्ति २ लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेको छ। बीबीसी 

प्रकाशित: २ वैशाख २०८३ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App