१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत–ईयूबारे अमेरिकाको प्रतिक्रियाः आफैँ विरुद्धको युद्धलाई नै ‘फन्डिङ’ गर्दैछन्

भारत र युरोपियन युनियन (ईयू) बीच हुन लागेको सम्झौतामाथि अमेरिकाले कडा प्रतिक्रिया दिएको छ। अमेरिकी वित्त मन्त्री स्कट बेसन्टले भने, ‘उनीहरू आफैंविरुद्ध भइरहेको युद्धलाई नै फन्ड गरिरहेका छन्।’

युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लेयेन सोमबार भारतको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि थिए।

प्रमुख अतिथिको छनोटले भारतको कूटनीतिक सोचलाई पनि संकेत गर्छ, जसअनुसार भारत विश्वका अन्य भागहरूसँग आफ्नो रणनीतिक तथा व्यापारिक सम्बन्ध विस्तार गरिरहेको छ।

भारत र युरोपियन युनियन (ईयू) बीच मुक्त व्यापार सम्झौता (एफटीए) को घोषणा मंगलबार, २७ जनवरीमा हुने तयारी छ। मुक्त व्यापार सम्झौता (एफटीए) अन्तर्गत दुई देश वा दुई पक्षले एक–अर्काको बजारमा पहुँचलाई सहज बनाउँछन्।

यो यस्तो समयमा हुन लागेको हो, जब व्यापारका विषयमा भारत र युरोप—दुवैको अमेरिकासँग तनाव चलिरहेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी नियन्त्रणको विरोधका कारण युरोपेली साझेदारहरूमाथि व्यापार युद्ध (ट्रेड वार) चर्काउने धम्की दिएका थिए, तर पछि त्यसबाट पछि हटेका थिए। एजेन्सी

प्रकाशित: १३ माघ २०८२ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App