१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकाले मानेन इरानको १४ बुँदे शान्ति प्रस्ताव

संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ।

इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ।

प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ।

यस महिनाको सुरुमा, इरानले संयुक्त राज्य अमेरिकामा १४–बुँदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्र बाट अमेरिकी सेना को पूर्ण निकासीको आह्वान गरेको थियो।

यो प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो।

यस अघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा, तेहरानल युद्धविरामको सट्टा ‘युद्धको अन्त्य’ मा केन्द्रित हुदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो। 

प्रकाशित: १ जेष्ठ २०८३ १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App