३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानी नेताहरूको बारेमा जानकारी दिनेलाई अमेरिकाले १० मिलियन डलर दिने

अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका 'प्रमुख नेताहरू'लाई पक्राउ गर्न मद्दत गर्ने जानकारी दिनेलाई १ करोड डलरसम्मको पुरस्कार घोषणा गरेको छ।

अमेरिकी विदेश विभागले जारी गरेको सूचनामा जम्मा १० जनाको नाम उल्लेख गरिएको छ , यद्यपि तीमध्ये केवल ६ जनाको नाम र तस्बिरहरू सार्वजनिक गरिएको छ।

यसमा इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी समावेश छन्।

अली लारीजानीलाई यसअघि इरानमा आयोजित सरकार समर्थक र्‍यालीमा देखिएको थियो।

अमेरिकाले यी व्यक्तिहरूले गार्ड कोर्प्सको सैन्य एकाइहरूको विभिन्न भागहरूको नेतृत्व र सञ्चालन गर्ने बताएको छ।

प्रकाशित: ३० फाल्गुन २०८२ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App