अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुजलाई स्वतन्त्र गर्ने सम्झौताको सम्भावना अनिश्चित रहेको संयुक्त अरब इमिरेट्स (युएई) का अधिकारीले बताएका छन्।
हर्मुज घाँटी खुला गर्ने सम्झौतामा पुग्न ‘५०–५०’ मात्र सम्भावना रहेको युएईका राष्ट्रपतिका सल्लाहकार अनवर गार्गासले बताएका हुन्। उनले तेहरानलाई मध्यपूर्व युद्धको कमजोर युद्धविरामको समयमा वार्तालाई पटक–पटक रोक्ने, शुरु गर्ने र यसमा सौदाबाजी नगर्न आग्रह गरेका छन्।
‘इरानी अधिकारीहरूले वर्षौंदेखि धेरै अवसरहरू गुमाएका छन् किनकि उनीहरूले अवसरलाई बढी आँकलन गर्ने प्रवृत्ति छ,’ गार्गाशले प्रागमा ग्लोब्सेक फोरमलाई सम्बोधन गर्ने क्रममा भनेका छन् । तर उनीहरूले यस पटक त्यसो नगर्ने अपेक्षा रहेको बताएका छन्।
अमेरिकी सैन्य सुविधाहरू रहेको युएईलाई फेब्रुअरी २८ देखि सुरु भएको ४० दिनको युद्धको क्रममा करिब तीन हजार ३०० ड्रोन र मिसाइलहरूले निशाना बनाएको गर्गासले बताएका छन्।
‘इरानले नाकाबन्दी गरेको हर्मुजले सामान्यतया विश्वव्यापी इन्धन आपूर्तिको पाँच भागको एक भाग ओगट्छ । यो मार्ग सामान्य अवस्थामा फर्कनु पर्छ ’ ,उनले भनेका छन्।
प्रकाशित: ८ जेष्ठ २०८३ १८:१७ शुक्रबार





