२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बढ्दो क्षेत्रीय तनावका बिच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द, देश छाड्न कर्मचारी र नागरिकलाई आदेश

बढ्दो तनावका बिचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी मुलुकस्थित दूतावास तथा कूटनीतिक मिसनहरू बन्द गर्ने घोषणा गरेको छ भने तनावग्रस्त देशमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न आदेश दिएको छ।

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा मङ्गलबारदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि सबै कार्यहरू बन्द गरिएको छ। सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई दूतावास परिसरबाट टाढा रहन आग्रह गरेको छ। यसअघि साउदी अरबका अधिकारीहरूले रियादमा रहेको दूतावासमा दुईवटा ड्रोन प्रहार गरेको पुष्टि गरेका थिए।

कुवेतस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सेवाहरू निलम्बन गरेको छ।

अमेरिकी विदेश विभागले गैर–आवासीय कर्मचारी उनीहरूका परिवारका सदस्यहरूलाई बहराइन, जोर्डन र इराक छोड्न आदेश दिएको छ।

विभागले सरकारी कर्मचारी र उनीहरूका परिवारहरूलाई स्वैच्छिक प्रस्थानको अनुमति दिन बहराइन, जोर्डन र इराककालाई अनुरोधसमेत गरेको जनाइएको छ।

सयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा तीव्र रूपमा द्वन्द्व बढिरहेका समयमा यस्तो घोषणा गरेको हो। गत शनिबार इरानमा संयुक्त राज्य अमेरिका र इजरायलले गरेको आक्रमणमा परी इरानका सर्वोच्च नेतासहित कमान्डरहरूको मृत्यु भएपछि द्वन्द्व चर्किएको थियो।  

प्रतिक्रियामा इरानले इजरायल र अन्य क्षेत्रीय संरचनाविरुद्ध मिसाइल तथा ड्रोन आक्रमण सुरु गरेको छ, जसले द्वन्द्वलाई अझै बढी सक्रिय बनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App