९ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वभरका अमेरिकी नागरिकहरूलाई सतर्क रहन आग्रह

अमेरिकी विदेश मन्त्रालयले विश्वभरका आफ्ना नागरिकहरूलाई चेतावनी जारी गर्दै विशेष गरी मध्य पूर्वमा थप सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयले विदेशमा बस्ने अमेरिकी नागरिकहरूले आफ्नो नजिकको दूतावास वा वाणिज्य दूतावासले जारी गरेको सुरक्षा निर्देशनहरू पालना गर्नुपर्ने बताएको छ।

अमेरिकाले आफ्ना कूटनीतिक आधारहरूलाई लक्षित गरिएको र इरान समर्थक समूहहरूले विश्वका विभिन्न भागहरूमा रहेका अमेरिकी नागरिकहरूसँग सम्बन्धित स्थानहरूलाई लक्षित गर्न सक्ने चेतावनी पनि दिएको छ।

प्रकाशित: ९ चैत्र २०८२ ०८:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App