बेलायत सरकारले चाँडै नयाँ कडा नियम लागू गर्ने भएको छ। नयाँ नीति अनुसार आप्रवासीले बेलायत प्रवेश गर्न अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक तहको प्रवीणता) हासिल गरेको हुनुपर्ने छ।
यी परिवर्तनहरू ८ जनवरी २०२६ देखि लागू हुनेछन्। यसले केही ग्रेजुएट आवेदक र ‘स्किल्ड वर्कर’ वा ‘स्केल-अप’ भिसाका लागि आवेदन दिनेहरूलाई असर गर्नेछ।
सरकारले यी नयाँ नियमहरू बेलायतमा आप्रवासन घटाउने व्यापक योजनाको हिस्सा भएको बताएको छ, जुन मे महिनामा जारी गरिएको श्वेतपत्रमा उल्लेख छ।
‘यदि तपाईं यो देशमा आउनुभयो भने, तपाईंले हाम्रो भाषा सिक्नु पर्छ र समाजमा योगदान दिनु पर्छ,’ गृहमन्त्री शबाना महमूदले भनिन्।
उनले थपिन्, ‘यस देशले यहाँ आउने र योगदान गर्नेहरूलाई सधैं स्वागत गरेको छ। तर आप्रवासीहरू हाम्रो भाषा नसिकी यहाँ आउनु र हाम्रो राष्ट्रिय जीवनमा योगदान दिन असमर्थ हुनु स्वीकार्य छैन।’ बीबीसी
प्रकाशित: २९ आश्विन २०८२ १२:४२ बुधबार





