२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भने : मोदीले राम्रो काम गरिरहेका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फोन गरेर शुभकामना दिएका छन्। यस क्रममा दुई नेताले रुस-युक्रेन युद्धको बारेमा पनि छलफल गरेका थिए।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने, 'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।'

अमेरिकी राष्ट्रपतिले थप भने, 'नरेन्द्र, रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद।'

यसैबीच, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्ट मार्फत दुई नेताहरूबीच भएको कुराकानीको विवरण पनि साझा गरे।

प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन्, 'मेरो साथी राष्ट्रपति ट्रम्प, मेरो ७५ औं जन्मदिनमा तपाईंको फोन कल र शुभकामनाको लागि धन्यवाद। तपाईं जस्तै, म पनि भारत-अमेरिका व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छु।'

प्रधानमन्त्री मोदीले भने, 'हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि तपाईंको प्रयासलाई समर्थन गर्छौं।'

आज (सेप्टेम्बर १७) प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो।

प्रकाशित: १ आश्विन २०८२ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App