२४ माघ २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्ततः हट्यो ओबामालाई ‘बाँदर’ बनाइएको ट्रम्पको पोस्ट

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा सेयर गरेको भिडियोमा पूर्वराष्ट्रपति बाराक ओबामा र मिशेल ओबामालाई जंगली प्राइमेट (बाँदर) को रूपमा देखाइएको थियो। आलोचना बढेपछि त्यो पोस्ट हटाइएको छ।

ट्रम्प माफी माग्न तयार छैनन्। उनले भने, ‘मैले गल्ती गरेको छैन।’

रिपब्लिकन र डेमोक्र्याट दुवैबाट व्यापक विरोध भएपछि ह्वाइट हाउसले एक कर्मचारीले भूलवश पोस्ट गरेको भन्दै जिम्मेवारी लगाएको छ। यो ब्ल्याक हिस्ट्री मन्थको सुरुवातमा आएको हो, जसमा ट्रम्पले अश्वेत अमेरिकीहरूको योगदानको प्रशंसा गरेका थिए।

भिडियो सन् २०२० को चुनाव चोरी भएको झूटो दाबीसँग जोडिएको थियो। अन्त्यमा ‘द लायन स्लीप्स टुनाइट’ गीतमा ओबामा दम्पतीलाई बाँदरको रूपमा देखाइएको छोटो क्लिप थियो।

प्रेस सचिव क्यारोलिन लेभिटले सुरुमा यसलाई ‘इन्टरनेट मीम’ भन्दै बचाउ गरिन्। उनले ‘नक्कली आक्रोश’ रोक्न आग्रह गरिन्। तर आलोचना बढेपछि पोस्ट हटाइयो।

ट्रम्पको ओबामामाथि जातिवादी आलोचनाको पुरानो इतिहास छ। उनले ओबामाको जन्म स्थान लुकाएकोदेखि अश्वेत देशहरूमाथि भद्दा टिप्पणीसम्म गरेका छन्।

अश्वेत नेताहरू र रिपब्लिकन सिनेटरहरूले पनि पछिल्लो पोस्टको निन्दा गरेका थिए। सिनेटर टिम स्कटले यसलाई ‘ह्वाइट हाउसबाट देखेको सबैभन्दा जातिवादी कुरा’ भने।

पुर्वउपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसको बचाउलाई ढाकछोप भनेकी छिन्। एजेन्सी 

प्रकाशित: २४ माघ २०८२ ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App