३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानसँगको वार्ताबीच ट्रम्पको नयाँ चेतावनी

ईरान र अमेरिकाबीच सम्भावित सम्झौताका विषयमा वार्ता भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘हाम्रो ठूलो नौसैनिक बेडा ईरानतर्फ जाँदैछ। मलाई लाग्छ उनीहरू सम्झौता गर्न चाहन्छन्।’

उनले थपे, ‘यदि उनीहरूले त्यसो गरेनन् भने त्यो मूर्खता हुनेछ। अघिल्लो पटक हामीले उनीहरूको आणविक स्थलहरूलाई निशाना बनाएर ध्वस्त पारेका थियौँ। यसपटक हामी अरू के–के नष्ट गर्न सक्छौँ, हेर्नेछौँ।’

यसअघि सोमबार ईरान र अमेरिकाका अधिकारीहरूबीच ओमानमा भेटवार्ता भएको थियो। ओमानले अमेरिका र ईरानबीच मध्यस्थताको भूमिका निर्वाह गर्दै आएको छ। वार्तापछि ईरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भनेका थिए, ‘ओमानमा अमेरिकी प्रतिनिधिमण्डलसँग भएको प्रत्यक्ष छलफलका क्रममा आगामी दिनमा पनि वार्ता जारी रहने कुरा स्पष्ट भएको छ।’ एजेन्सी

प्रकाशित: २८ माघ २०८२ ०९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App