अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशहरूमाथि २५ प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। सोमबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, ‘जो–जो देश इरानसँग व्यापार गरिरहेका छन्, उनीहरूले तत्काल प्रभावबाट अमेरिकासँग हुने सबै व्यापारमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ। यो आदेश अन्तिम हो।’
इरानमा पछिल्ला केही दिनदेखि सरकारविरोधी प्रदर्शनहरू जारी रहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन्। यसअघि ट्रम्पले इरानको विषयमा आफूले केही निकै कडा विकल्पहरूबारे विचार गरिरहेको पनि बताएका थिए।
इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन हो। त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स, टर्की र भारत क्रमशः रहेका छन्। एजेन्सी
प्रकाशित: २९ पुस २०८२ ०८:१९ मंगलबार





