अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशमाथि नयाँ ट्यारिफ (आयकर÷शुल्क) लगाएका छन्, ७ अगस्टदेखि लागू यस सूचीमा चीनको भने नाम छैन। ट्रम्प प्रशासनले भारतमा २५ प्रतिशत पाकिस्तानमा १९ र क्यानडामा ३५ प्रतिशत ट्यारिफ तोकेको छ।
यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका विभिन्न देशमाथि ट्यारिफ लगाउने घोषणा गरेका थिए, तर सात दिनपछि उनले त्यसलाई ९० दिनका लागि स्थगित गरेका थिए। केही दिनपछि उनले नयाँ म्याद तय गर्दै ३१ जुलाईसम्मको समय दिएका थिए।त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० वटा व्यापार सम्झौता गर्ने लक्ष्य राखेको थियो, तर हालसम्म मात्र ७ देशसँग सम्झौता सम्पन्न भएको छ।
आदेश लागू हुनु अघि नै अमेरिका तर्फ आउँदै गरेका सामानहरूमा भने पुरानै नियमअनुसार कर लाग्नेछ। त्यस्तो सामानका लागि अन्तिम म्याद ५ अक्टोबर २०२५ तोकिएको छ।क्यानडामाथिको ३५% ट्यारिफ १ अगस्टदेखि नै लागू भइसकेको छ। एजेन्सी
प्रकाशित: १६ श्रावण २०८२ ०८:३५ शुक्रबार





