१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको दाबी : मोदीलाई धम्की दिएर भारत-पाकिस्तान युद्ध रोकेँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गरेर भारत र पाकिस्तानबिचको चार दिनको युद्ध रोकेको दाबी गरेका छन्। 

ट्रम्पका अनुसार उनले दुवै देशलाई यदि लडाइँ रोकिएन भने अमेरिकाले व्यापार सम्झौतामा हस्ताक्षर गर्दैन र पाकिस्तानमाथि उच्च कर लगाउँछ भनेर धम्काएका थिए। ट्रम्पले ह्वाइट हाउसमा आफ्नो मन्त्रिपरिषद् बैठकमा यो दाबी गरेका हुन्।

उनले भनेका छन्, ‘मैले प्रधानमन्त्री मोदीलाई भनेको थिएँ कि यदि पाकिस्तानसँग युद्ध रोकिएन भने व्यापार सम्झौता हुनेछैन। त्यसपछि मैले पाकिस्तानलाई भनेको थिएँ कि यदि युद्ध रोकिएन भने म यति उच्च शुल्क लगाउनेछु कि उनीहरूको टाउको घुम्नेछ। यसपछि, केवल पाँच घण्टामा सबै कुरा सकियो।’ 

२२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा २६ निर्दोष नागरिकको हत्यापछि मे ७ मा भारतीय सेनाले अपरेशन सिन्दूर सुरु गरेको थियो। जवाफमा पाकिस्तानले १० मेमा भारतमाथि आक्रमण गरेको थियो। चार दिन चलेको युद्ध ट्रम्पको कर धम्कीले रोकिएको थियो। तर भारतले उनको दाबीलाई अस्वीकार गर्दै आएको छ। भारतको दाबीअनुसार पाकिस्तानी डीजीएमओले भारतलाई सम्पर्क गरेपछि दुवै देशले सैन्य कारबाही रोकिएको थियो। एजेन्सी

प्रकाशित: ११ भाद्र २०८२ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App