४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भियतनाममा पर्यटक सवार डुंगा पल्टियो : ८ बालबालिकासहित ३४ को मृत्यु, ८ बेपत्ता

भियतनामको चर्चित पर्यटकीय स्थल हा लङ बेमा शनिबार दिउँसो आएको आँधीबेहरीले पर्यटक बोकेको डुंगा पल्टिँदा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ। जानकारी अनुसार ८ जना अझै बेपत्ता छन्। 

वन्डर सी नामको डुंगामा ४८ यात्रु र ५ चालक दलका सदस्यसहित ५३ जना भियतनामी नागरिक सवार थिए। यो डुंगा युनेस्को विश्व सम्पदा क्षेत्र हा लङ बेको भ्रमणमा थियो। 

भियतनामको सरकारी समाचार संस्था भिएनएक्सप्रेसका अनुसार उद्धारकर्मीले ११ जनालाई जीवित उद्धार गरेका छन्। ८ जना बालबालिकासहित ३४ जनाको शव फेला परेको छ। बेपत्ता ८ जनाको खोजी कार्य जारी रहेको जनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार शनिबार दिउँसो २ बजे (स्थानीय समय) आकाश अचानक अँध्यारो भयो, ठूलो वर्षा, चट्याङ र हावाहुरीसहित असिना पर्‍यो। तीव्र हावाहुरीले डुंगा पल्टिएको भिएनएक्सप्रेसले जनाएको छ। 

उद्धार गरिएका मध्ये एक १४ वर्षीय बालक चार घण्टासम्म पल्टिएको डुंगाको भित्री भागमा फसेका थिए। उनले गहिरो सास लिएर पौडिएर बाहिर निस्किएको र उद्धार टोलीले बचाएको बताए। डुंगामा सवार अधिकांश यात्रु हनोईबाट आएका परिवार थिए, जसमा २० भन्दा बढी बालबालिका थिए। भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। एजेन्सी

प्रकाशित: ४ श्रावण २०८२ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App