२१ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु

ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ। आक्रमणमा लक्षित सांसद भने सकुशल बचेका छन्। 

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए । जाकापा लागुऔषध तस्करीका लागि परिचित क्षेत्र हो। 

गृह मन्त्रालयले मृत्यु हुने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ। उनीहरूले सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमण विफल पारेको मन्त्रालयले जनाएको छ। आक्रमणमा संलग्न व्यक्ति फरार रहेका छन् भने उनीहरूको पहिचान खुल्न सकेको छैन। 

जाकापा क्षेत्रमा लागुऔषध कारोबारमा लोरेन्जाना परिवारको गिरोहको प्रभाव रहेको छ। उक्त गिरोहको सम्बन्ध मेक्सिकोको सिनालोआ कार्टेलसँग रहेको बताइएको छ। 

पोर्टिलो सन् २०२३ मा विपक्षी दल काबलबाट सांसद निर्वाचित हुनुभएको थियो । पछि उहाँ पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको नेसनल युनिटी अफ होप पार्टीमा प्रवेश गर्नुभएको थियो। टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।  

प्रकाशित: २१ कार्तिक २०८३ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App