युक्रेनमा यो वर्षको पहिलो छ महिनामा विद्युतीय सवारीको बिक्री ३० प्रतिशतले बढेको छ। युक्रेनी सवारी उत्पादक सङ्घ उक्राभटोप्रोमको प्रतिवेदनअनुसार, यो अवधिमा देशभर ३१ हजार ७५३ वटा विद्युतीय सवारी दर्ता भए।
जम्मा ३० हजार ७६३ वटा यात्रु सवारी, ९७८ वटा मालवाहक सवारी र तीन वटा ठूलो बस दर्ता भए। यो अवधिमा सबैभन्दा धेरै बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाईडी सोङ प्लस रह्यो। त्यसपछि क्रमशः फक्सवागन आइडी.४, होंडा ईएनएस-१, जिकर-७ एक्स र जिकर-००१ लोकप्रिय सवारीका रूपमा रहे।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीको कुल बिक्री ५१ हजार ७०० भन्दा धेरै पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो। सिन्ह्वा
प्रकाशित: २५ असार २०८२ १०:०२ बुधबार





