२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बेलायतमा मतदान गर्न न्यूनतम उमेर १६ वर्ष

क्याप्शन

बेलायत सरकारले अब देशभर १६ र १७ वर्षका बालबालिकालाई मतदानको अधिकार दिने घोषणा गरेको छ। यो निर्णय अर्को आम चुनाव अघि लागू हुने बताइएको छ।

बेलायतमा मतदान उमेरमा अन्तिम परिवर्तन सन् १९६९ मा भएको थियो, जब यसलाई २१ बाट घटाएर १८ वर्ष गरिएको थियो। यस्तो अवस्थामा यो परिवर्तनलाई पछिल्लो ५६ वर्षमा निर्वाचन प्रणालीमा सबैभन्दा ठूलो सुधार मानिएको छ।

पहिले यी युवाहरूले स्कटल्याण्ड र वेल्सका केही चुनावहरूमा मात्र मतदान गर्न पाउथे, तर अब उनीहरूले बेलायतभरि स्थानीय, क्षेत्रीय र आम चुनावमा भाग लिन सक्ने छन्।

यो कदम विशेष गरी त्यस्तो समयमा उठाइएको हो जब अमेरिकी अर्बपति एलोन मस्कले निगेल फराजको रिफर्म युके पार्टीलाई ठूलो रकम दान गरेको कुरा प्रकाशमा आएको थियो। अब नयाँ नियम अन्तर्गत मस्क जस्ता विदेशी नागरिकहरूले बेलायतको राजनीतिमा प्रभाव पार्न सक्ने छैनन् जबसम्म उनीहरूले आफ्नो पैसा बेलायतबाट आउँदै छ भनेर प्रमाणित गर्दैनन्।

अब ५०० पाउण्ड (लगभग ५८ हजार रुपैयाँ) भन्दा बढीको दानलाई कडाइका साथ जाँच गरिनेछ, विशेष गरी यदि त्यो विदेशबाट आएको हो भने। निर्वाचन आयोगलाई अब नियम उल्लङ्घन गर्नेहरूलाई ५ लाख पाउण्डसम्म जरिवाना गर्ने अधिकार पनि हुनेछ। एजेन्सी

प्रकाशित: १ श्रावण २०८२ १७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App