२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तालिबान सरकारका विदेशमन्त्री पहिलो पटक भारत पुगे

अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी एक हप्ता लामो भ्रमणमा बिहीबार दिल्ली पुगेका छन्। अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा आएपछि काबुलबाट दिल्लीको यो पहिलो मन्त्रीस्तरीय भ्रमण हो।

'अफगानिस्तानका विदेशमन्त्री मौलवी अमिर खान मुत्ताकीलाई नयाँ दिल्ली आइपुगेकोमा हार्दिक स्वागत छ। हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल गर्न तत्पर छौं,' विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा पोस्ट गरे।

इन्डियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्ट अनुसार मुत्ताकीको भ्रमणले भारतीय विदेश मन्त्रालयको लागि कूटनीतिक समस्या सिर्जना गरेको छ। मुत्ताकीले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेट गर्ने अपेक्षा गरिएको छ। अब प्रश्न यो छ कि जयशंकरलाई भेट्दा मुत्ताकीले कुन झण्डा बोक्नेछन्?

प्रकाशित: २३ आश्विन २०८२ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App