१८ श्रावण २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नजरबन्दमा रहेकी सुकीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेट गरिन्

म्यानमारकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आइसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेकी छन्।

राष्ट्रपति कार्यालयले यसबारे जानकारी दिएको हो। सन् २०२१ मा भएको सैन्य ‘कू’ पछि सुकीको कुनै विदेशी प्रतिनिधिसँग भएको यो पहिलो सार्वजनिक भेटवार्ता हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारस्थित आइसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले आज बिहान दाव आङ सान सुकीलाई भेट गर्नुभयो।’

सेनाले सन् २०२१ फेब्रुअरीमा सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ गरेपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरेको थियो। उक्त घटनापछि म्यानमारमा गृहयुद्ध चर्किएको छ।

सैन्य सरकारले गराएको सीमित र नियन्त्रित निर्वाचनपछि अप्रिलमा सैन्य प्रमुख मिन आङ ह्लाइङलाई नागरिक राष्ट्रपति बनाइएको थियो। त्यसको केही समयपछि उनले सुकीको बाँकी सजाय घटाएर उनलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरेका थिए। 

८१ वर्षीया सुकीमाथि लगाइएका विभिन्न आरोपलाई अधिकारवादी समूहले राजनीतिक उद्देश्यबाट प्रेरित र बनावटी भएको बताउँदै आएका छन्। एजेन्सी

प्रकाशित: १८ श्रावण २०८३ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App