दक्षिण कोरियामा एक कारखानामा आगलागी हुँदा १४ जना बेपत्ता भएका छन् भने २१ जना गम्भीर घाइते भएका छन्।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब १ बजे एक कारकाे पार्टपुर्जा उत्पादन गर्ने कारखानामा आगलागी भएको हो। आगो नियन्त्रण बाहिर जान थालेपछि आपतकालीन आदेश जारी गरिएकाे समाचार एजेन्सीहरूले जनाएका छन्।
अधिकारीहरूका अनुसार ४५ जना घाइते भएका छन्, जसमध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ। साथै १४ जना अझै सम्पर्कविहीन रहेको र खोजी कार्य जारी रहेको बताइएको छ।
आगलागीको कारणबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन।
दक्षिण कोरियाली सरकारले उद्धार कार्यलाई तीव्र बनाउनऽ आवश्यक सबै जनशक्ति र उपकरण परिचालन गर्न निर्देशन दिएको छ।एएफपी
प्रकाशित: ६ चैत्र २०८२ १५:१६ शुक्रबार





-600x400.jpg)