१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया : दुई जहाजमा आगलागी हुँदा एकको मृत्यु, दुई घाइते

दक्षिण कोरियाको येओसु बन्दरगाहमा दुई जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

सो घटनामा दुई जना घाइते भएका छन्। योनहाप समाचार एजेन्सीका अनुसार शनिबार बिहान १:०४ बजे (स्थानीय समय) मा दुई हजार ६९२ टनको तेल ट्याङ्कर र २४ टनको कार्गो जहाजमा अज्ञात कारणले आगो लागेको थियो।  

दुर्घटना सियोलदेखि तीन सय २० किलोमिटर दक्षिणमा रहेको बन्दरगाहमा भएको हो, जहाँ दुई जहाज एकअर्काको छेउमा रोकिएका थिए। ट्याङ्करका १४ र कार्गो जहाजका चार चालक दलका सदस्यलाई उद्धार गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

बेहोस अवस्थामा फेला परेका कार्गो जहाजका चालकको मृत्यु भएको हो। ट्याङ्करका दुई विदेशी नाविक जलेर घाइते भए।  

ट्याङ्करमा दुई हजार ५०० टन विषाक्त रसायन भएकाले आगो निभाउन कठिनाइ भयो। 

बिहान ७:४५ बजे आगो नियन्त्रणमा लिइएको थियो। रसायन समुद्रमा फैलिएको छ कि छैन भनेर पुष्टि भएको छैन। तट रक्षकले घटनाको कारण अनुसन्धान गर्ने जनाइएको छ। सिन्ह्वा

प्रकाशित: ३१ श्रावण २०८२ १२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App