२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी कदमको भर्त्सना गर्दै भेनेजुएलाप्रति विभिन्न दलको ऐक्यबद्धता

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले भेनेजुएलाप्रति ऐक्यबद्धता सहित अमेरिकाको ट्रम्प प्रशासनले भेनेजुएलाविरुद्ध गरेको कदमको  भत्र्सना गरेको छ।  पार्टी अध्यक्ष ओजस्वी भट्टराईद्वारा जारी विज्ञप्तिमा अमेरिकाको कदम अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाका जनताको आत्मनिर्णयको अधिकारविरुद्ध भएको उल्लेख गरेको छ। 

विज्ञप्तिमा बाहिरी दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने भेनेजुएलाका जनताको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ। साथै उक्त कदमविरुद्ध आवाज उठाउन नेपाल सरकारलाई आग्रह गरेको छ।  

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले पनि भेनेजुएलामाथि भएको आक्रमणविरुद्ध प्रेस व्यक्तव्य जारी गरेको छ। पार्टीका महासचिव विप्लव ‘सी’ को हस्ताक्षरसहित जारी गरिएको विज्ञप्तिमा  अमेरिकाले लागूपदार्थ ओसारपसारको आरोप लगाउँदै भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको बताएको छ।  

अमेरिकाको उक्त आक्रमणले  सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता र मानवअधिकारको उल्लङगन गरेको भन्दै तत्काल यस्ता आक्रमण रोक्न पार्टीले माग गरेको छ। विभिन्न दल सहित केहि राजनीतिक व्यक्तिहरुले समेत भेनेजुएलाप्रति भएको आक्रमणको भर्त्सना गरेका छन्।एजेन्सी

प्रकाशित: २० पुस २०८२ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App