२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन भन्छन्ः यदि युरोप लड्न चाहन्छ भने, हामी पनि तयार छौँ

क्याप्शन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपसँग आफुहरुले  युद्ध नचाहेको तर यदि युरोप लड्न चाहन्छ भने, तयार रहेको बताएका छन्। युक्रेनसँगको युद्ध सक्ने विषयमा पुटिन अमेरिकी विशेष दूत स्टिभ विटकॉफसँग भेट्न लागेका छन्। त्यसअघि उनले एक लगानी–मञ्चमा सम्बोधन गरेका थिए।

उनी आफ्नो भाषण सकेपछि कुनै प्रश्न नलिएर बाहिरिए, तर निस्कँदा ट्रेड सेन्टरको लबीमा भेला भएका पत्रकारहरूसँग केही मिनट कुरा गरे। युक्रेनसँगको शान्ति वार्तामा युरोपलाई सामेल गराउने बारेमा सोधिएको प्रश्नमा पुतिनले आरोप लगाए कि युरोपको ‘कुनै शान्तिपूर्ण एजेन्डा छैन।’

पुटिनले भने कि युरोपेली देशहरूले युक्रेनसँग रूसको द्वन्द्व समाधान गर्न अमेरिकाले गरिरहेको प्रयासमा अवरोध गरिरहेका छन्।

उनी भन्छन्, युरोपले युद्ध अन्त्यका लागि राखेका मागहरू रूसलाई ‘मन पर्ने खालका छैनन्।’

उनले भने, ‘हामी युरोपसँग लड्न जानेवाला छैनौं, तर यदि युरोप हामीसँग लड्न चाहन्छ भने, हामी अहिले नै तयार छौं।’ एजेन्सी

प्रकाशित: १७ मंसिर २०८२ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App