२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा निजी विमान दुर्घटना : सवार सबैको मृत्यु, १३० जनालाई सुरक्षित स्थानमा सारियो

मेक्सिकोको टोलुका विमानस्थल नजिकै एउटा निजी विमान आपत्कालीन अवतरणको प्रयासमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा विमानमा सवार सबै १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

विमान प्रशान्त तटको अकापुल्कोबाट उडेको थियो र टोलुका जाँदै थियो। सान माटेओ एटेन्कोको औद्योगिक क्षेत्रमा फुटबल मैदानमा अवतरण गर्ने प्रयास गर्दा धातुको छानामा ठोक्किएर आगो लागेको थियो। मेक्सिको सिटीबाट करिब ५० किलोमिटर टाढा यो क्षेत्र पर्छ।

विमानमा ८ यात्रु र २ चालक दलका सदस्य थिए। दुर्घटनापछि ठूलो आगलागी भएकाले नजिकैका करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको सान माटेओ एटेन्कोकी मेयर आना मुनिजले बताइन्।

दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा धुवाँको मुस्लो र आगो देखिन्छ। अधिकारीहरुले घटनाको कारण अनुसन्धान गरिरहेका छन्। एजेन्सी

प्रकाशित: १ पुस २०८२ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App