आइतबार महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेको घर बाहिर तैनाथ गरिएको छ।
बीबीसी मराठी सेवाका अनुसार एक प्रहरी अधिकारीले छत्रपति सम्भाजीनगरमा अभिजित दिपकेको घर बाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गरे।
छत्रपति सम्भाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले भने, 'वरिष्ठ अधिकारीहरूले अभिजित दिपकेको घरको सुरक्षा गर्न निर्देशन दिएका थिए, त्यसपछि हामीले सुरक्षा प्रदान गरेका छौं।'
उनले भने, 'त्यहाँ एउटा प्रहरी भ्यान र एक अधिकृत पनि खटाइएको छ। हामी त्यहाँ शान्ति सुरक्षा कायम राख्न पूर्ण ध्यान दिनेछौं।'
अभिजीतले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई धम्की आएको दाबी गरेका छन्। उनले केही स्क्रिनसटहरू पनि सेयर गरेका छन्।
अभिजीतले आफ्नो फेसबुक ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन्, जसमा एक युवकले उनी र उनको परिवारको बारेमा अपमानजनक टिप्पणी गरिरहेको देखिन्छ।
ककरोच जनता पार्टीको इन्स्टाग्राम ह्यान्डल फेरि पुनर्स्थापित गरिएको अभिजीतले ट्विटरमा जानकारी दिएका छन्।
प्रकाशित: १० जेष्ठ २०८३ २०:३६ आइतबार


-600x400.jpg)


